SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/१३ गते
    १७८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपमेलो स्टुडियाेले नयाँ शो ‘नेपमेलो सिंगर्स अन माइक सिजन १’ को पहिलो एपिसोड सार्वजनिक गरेको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेको प्रस्तुति देख्न सकिन्छ। उनले शो मा तेजप्रसाद पाण्डेकाे शब्द तथा संगीत रहेको ‘पहिलो माया’ बोलको मर्मस्पर्शी गीत गाएकी छिन। सार्वजनिक गरिएको कार्यक्रमको पहिलो गीत र सुजाताको स्वरले दर्शकमा थप उत्साह सिर्जना गरेको छ।

    सुजातालाई गितारमा चर्चित गितारिस्ट सन्जिब बराईली र बाँसुरीमा रत्न बिकेले साथ दिएका छन। प्रकाश मिश्राले मिक्सिङ तथा मास्टरिङ गरेको गीत ‘अकाउस्टिक नेपाल’ को स्टुडियाेमा खिचिएको हो।

    झन्डै ६ महिना लामो अध्ययन र तयारीपछि नेपमेलोले ‘सिंगर्स अन माईक’ दर्शकमाँझ ल्याएको हो । यो कुनै रियालिटी शो हैन। रियालिटी शो जस्तै देखिने यो एक रियल शो हो जहाँ प्रस्तुति दिने गायक-गायिकाले आफ्नै गीत गाउने पर्नेछ। गीत गाउने गायक नै स्टेजमा हुने कन्सेप्ट र नयाँ अवधारणासहित सुरु गरिएको यो कार्यक्रममा कुनै प्रतिस्पर्धा र पुरस्कारको ब्यवस्था छैन ।

    https://youtu.be/GIWL8V2f_io?si=LwkznT4mPnSxuztw

    अहिले कति गायक-गायिकाको गीत सुपरहिट भएपनि सो गीत खासमा कसले गाएको हो भन्ने बारे दर्शक अनविज्ञ रहने भएकाले जसले गाएको हो उसैलाई स्टेजमा उतार्ने नेपमेलोको मुल उदेश्य हो। आफ्नो यो प्रकारको फरक प्रस्तुतिले दर्शकलाई भरपुर रमाइलो, ज्ञान र आनन्द प्राप्त हुनेमा नेपमेलो विश्वस्त छ ।

    दर्शकले यस कार्यक्रममा नयाँ कलाकारका साथै अग्रज र अहिलेका चल्तीका गायक-गायिकाको प्रस्तुती देख्न सक्नेछन।

    कार्यक्रमबारे जानकारी दिए लगत्तै निर्माण टिमलाई करिब २५० वटा गीतहरु प्राप्त भएका थिए। जसबाट टिमले पहिलो चरणको लागी २४ वटा गीत छनोट गरेको थियो। बाट पनि ५ वटा नाम प्रस्तुतिको लागि फाईनल भएको छ। सोही अनुरुप पहिलो प्रस्तुति बुटवलकी सुजाता पाण्डेले दिएकी हुन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    प्रदेश अस्पताल पर्वतको अध्यक्षमा परियार

    पर्वत। प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्रदेश अस्पताल कुश्मा पर्वतको अस्पताल विकास समितिको अध्यक्षमा याम...

    पर्यटन प्रवद्र्धन संगै १४ औं पोखरा महोत्सवको प्रचार प्रसार सुरु

    पोखरा ।१४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन...

    बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट

    पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं