SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/११ गते
    २८९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेसँगै यसको लाइनअपलाई लिएर चर्चा भइरहेको छ । निर्देशक पौडेलको यो चलचित्रमा को–को कलाकार छन् भन्ने कुराको कौतुहल सिनेमा वृत्त र चलचित्रका शुवेच्छुकमा कौतुहल छ ।

    निर्देशक सरोजका अनुसार चलचित्रका मुख्य कलाकारको लाइनअप पूरा भएको छ । सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भइसकेका छन् ।

    थिम पोस्टरले पनि ‘कोशेढुंगा’मा महिला चरित्रले सिनेमा लिड गर्ने प्रष्ट संकेत गरिसकेको थियो । तर, को हो त्यो भने निर्देशक पौडेल खुलाएका छैनन् ।

    https://youtu.be/GIWL8V2f_io?si=kUGeCvy_FNRSY5x_

    सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रसकलेक्सन गरिसकेको छ । ‘कोशेढुंगा’ सोसल ड्रामा हो । अभाव, अग्लो सपना र संघर्षको कथा चलचित्रले भन्ने संकेत थिम पोस्टरले गरेको छ ।

    “सिनेमा कस्तो हुने, कथा के हो, कलाकार को–को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ,” निर्देशक पौडेलले भने, “तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ ।”

    ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले यो चलचित्र प्रतिक्षित हुनेछ । त्यसैले उनै निर्देशकले बनाउने ‘कोशेढुंगा’ पनि सफल हुनेमा अपेक्षा राख्न सकिन्छ । फागुन २ गतेदेखि छायांकन हुने चलचित्र २०८२ मा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

    बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित हुनेछ ।

    यो चलचित्रको छायांकन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। अन्तर्राष्ट्रिय वितरण ‘सेभेन सिज इन्टरनेसनल’ कम्पनीले खरिद गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं