SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/११ गते
    १७५ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर, पोखरा। आफुलाई शिक्षा प्रदान गरेका गुरुहरुको स्मृतिमा पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा अक्षयकोष स्थापना गरिएको छ । सोही विद्यालयवाट वि.सं. २०३८ सालमा प्रवेशिका परिक्षामा सहभागी भएका विद्यार्थीको समुहले तत्कालिन विद्यालयका प्रधानाध्यापक स्वर्गीय देवेन्द्रराज रेग्मी र भगवानसिंह आलेको स्मृतिमा १ लाख ३० हजार रुपियाँको “देवेन्द्र–भगवान स्मृति एसएलसी व्याच २०३८ अक्षयकोष” स्थापना गरिएको सो समुहको नेतृत्व गर्नुभएका राम वहादुर बानियाँले जानकारी दिनुभयो । विद्यालयमा आयोजित कार्यक्रममा सो रकम बराबरको चेक समुहका राम वहादुर बानियाँ, हरि वरुवाल, केशव वहादुर वस्नेत लगायतले विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो ।

    सो रकमवाट प्राप्त व्याजले कक्षा ६ मा अध्ययन गर्ने उत्कृष्ट गरिव तथा जेहेन्दार विद्यार्थीलाई नगद ६ हजार रुपैयाँ, दश कक्षामा पढिन्जेलसम्म निरन्तर प्रदान गरिने वताईएको छ । कार्यक्रममा बाँनियाले शिक्षाको ज्योति प्रदान गर्ने गुरुहरुको योगदानलाई चीर स्थायी बनाउन र आफु अध्ययन गरेको विद्यालयलाई जहाँ भए पनि स्मरण गर्नुपर्छ भन्ने आर्दशलाई मनन गरी रकम संकलन गरेर अक्षयकोष स्थापना गरेको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक आचार्यले २०३८ को व्याचले गरेको कार्य प्रसंशनिय रहेको बताउँदै, यसले गुरुहरु प्रति सच्चा सम्मान् भएको स्मरण गर्नुभयो ।

    कोष स्थापनाका लागि तत्कालिन व्याचका विद्यार्थीवाट नगद संकलन गरिएको थियो । कोषलाई भविष्यमा २ लाखसम्म बनाईने बताईएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    प्रदेश अस्पताल पर्वतको अध्यक्षमा परियार

    पर्वत। प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्रदेश अस्पताल कुश्मा पर्वतको अस्पताल विकास समितिको अध्यक्षमा याम...

    पर्यटन प्रवद्र्धन संगै १४ औं पोखरा महोत्सवको प्रचार प्रसार सुरु

    पोखरा ।१४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन...

    बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट

    पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं