
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा ऐन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ ।
विधेयक निर्माणका लागी समितिले पोखरामा पनि सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेर फर्किएको हो । समितिले पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा पुगी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीसँग ऐनका विषयमा छलफल गर्यो । सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो बन्न सफल सो विद्यालयमा छलफलका क्रममा समितिका सभापति अमर बहादुर थापाले विद्यार्थीलाई आर्कषक र गुणस्तरीय शिक्षा प्रदान गर्ने विषय विधेयकमा समावेश गर्न आफुहरुले सरोकावालासँग छलफल गरिरहेको बताउनुभयो ।
उहाँले छलफलका क्रममा आएका राम्रा सुझावलाई विधेयकमा समावेश गरी संसदले कानुन निर्माण गर्ने स्पष्ट पार्नुभयो । सभापति थापाले देशभरका १५ देखि २० प्रतिशत सामुदायिक विद्यालय मात्र अव्वल रहेको वताउदै, बाँकी विद्यालयमा गहन सुधार आवस्यक रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो– “प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति जिम्मेवार र असल भएका तथा जहाँ राजनितीकरण र दलिय स्वार्थ छैन ति विद्यालय अव्वल छन् ।” थापाले निजी विद्यालयलाई विस्थापित गरी सामुदायिक विद्यालयलाई सक्षम बनाउन सके मात्र पनि देशमा २५ प्रतिशत भष्ट्राचार घट्ने आंैल्याउनु भयो ।
https://youtu.be/GIWL8V2f_io?si=MZARmJPv9pcF8Rsi
एक अर्को प्रसगंमा सभापति थापाले नागरिकलाई असल वनाउन शिक्षक असल वनाउनुपर्ने वताउँदै, शिक्षकलाई निजामती कर्मचारी सरहको सेवा सुविधा राज्यले दिनुपर्नेमा जोड दिनुभयो । छलफलका क्रममा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सरोकावालावाट आएका राम्रा सुझाव विधेयकमा समावेश गरिने प्रतिबद्घता जनाउनु भयो । विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सुझाव संकलनका लागी समितिले आफ्नो विद्यालय रोजेकोमा आभार व्यक्त गर्दै, विद्यालयले गरेका असल अभ्यासको विषयमा जानकारी दिनुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेलले विद्यमान शिक्षा ऐन संसोधन गरी, सरोकारवालाका सुझावलाई समावेश गरी पुर्ण रुपमा कार्यान्वयन गर्न सके मात्र सामुदायिक विद्यालयको शिक्षा उत्कृष्ट हुने वताउनुभयो । छलफलमा समितिका सचिव दशरथ धमला ,शिक्षा विकास निर्देशनालयका प्रमुख अम्बिका आचार्य, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका उपसचिव तोयानाथ लम्साल सहित समितिका अन्य सदस्यको पनि उपस्थिती रहेको थियो ।
https://youtu.be/qYmb5HdkPhM?si=2kEwknQTwS829pOB
शिक्षा विधेयक सम्बन्धी अन्तरक्रिया कार्यक्रमको सञ्चालन समितिका सचिव दशरथ धमलाले र स्वागत विद्यालयका सहायक प्रधानाध्यापक राम बहादुर बानियाँले गर्नु भएको थियो। उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका सदस्य, शिक्षक कर्मचारी,अभिभावक र तहगत विद्यार्थीका प्रतिनिधिको सहभागिता रहेका थियो। सभापति थापाको नेतृत्वमा आएको टोलीले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारको निरिक्षण समेत गरेको थियो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया