SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/९ गते
    १९७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ । अभियान अन्तर्गत अन्नपूर्ण गाँउ पालिका वडा नं. २ का अगुवा कार्यकर्ता सँग पार्टीका विषयमा छलफल गरिएको जिल्ला बाट खटिएकी अभियानकी संयोजक नपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि मुना बास्तोलाले जानकारी दिइन् ।

    उनले जनताका प्रत्यक्ष सरोकारसँग जोडिएर काम गर्न पार्टीका नेता तथा जनप्रतिनिधिलाई आग्रह गरिन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले विवकेशील नेता र सचेत कार्यकर्ता भएको पार्टीले जनभावनालाई सम्बोधन गर्न सक्ने बताउनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=-tydP8GNbFjgXMFS

    नेपाली काँग्रेस अन्नपूर्ण गाँउपालिका अध्यक्ष मनपति भण्डारीले पार्टीका अन्तरविरोध चिरेर अगाडि बढ्न सकेमा नेपाली काँग्रेस सधै पहिलो पार्टीको रुपमा स्थापित हुने बताए ।

    अभियानका सदस्य तथा नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि चतुराखर अधिकारीले स्थानिय स्तरबाटै पार्टीलाई मजवुद बनाएर लैजानु पर्ने अहिलेको आवश्यकता भएको बताए ।

    नेपाली काँग्रेस क्षेत्र नं. ३ प्रदेश क का सचिव प्रकाशचन्द्र सापकोटाले पार्टीले गरेका कार्यक्रमहरुलाई जनस्तरसम्म प्रचार प्रसार गर्न जरुरी रहेको बताए । कार्यक्रममा पार्टीका क्षेत्रीय सदस्य, प्रदेश सदस्य क्षेत्रीय सदस्य जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

    नेपाली काँग्रेस अन्नपूर्ण गाँउ पालिका वडा नं. २ का सभापति पिताम्बर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेश्वर भण्डारीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    प्रदेश अस्पताल पर्वतको अध्यक्षमा परियार

    पर्वत। प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्रदेश अस्पताल कुश्मा पर्वतको अस्पताल विकास समितिको अध्यक्षमा याम...

    पर्यटन प्रवद्र्धन संगै १४ औं पोखरा महोत्सवको प्रचार प्रसार सुरु

    पोखरा ।१४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन...

    बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट

    पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं