
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई सम्मान् गरेको छ। समूहको २४ औं साधारण सभा तथा १२ औं अधिवेशनका अवसरमा निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ, सिता थापा, भगवती बस्नेत र हिरा बस्नेतलाई सम्मान् गरेको हो। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, समूहका अध्यक्ष पार्वती बस्नेत र सल्लाहकार होम बहादुर खड्काले सम्मान पत्र, मायाको चिनो र दोशल्ला ओढाएर सम्मान गरे।
https://youtu.be/T1jxeQEuAcg?si=2GUVvhd-JVPYWDn_
कार्यक्रममा बोल्दै मन्त्री विन्दु कुमार थापाले सभ्य समाज निर्माण र शसक्तिकरणको क्षेत्रमा आमा समूहले खेलेको भूमिका महत्वपुर्ण रहेको बताउँनुभयो । उहाँले महिलाको क्षमता विकास र उनीहरुलाई आय आर्जन गर्नका लागि सिपमुलक तालिम दिन प्रदेश सरकारले विभिन्न कार्यक्रम अगाडि बढाएको स्पष्ट पार्नुभयो।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वडा भित्रका सामाजिक संघसंस्थासँग सहकार्य गरेर अघि बढ्न स्थानीय सरकार तयार रहेको बताउँनुभयो। समूहका अध्यक्ष पार्वती बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा हिमालय क्लवका अध्यक्ष मोहन वहादुर थापा, अमला बिसौनी धोविनी पाटन टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापा, मैदान आमा समूहका अध्यक्ष ज्योति बस्नेत, निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतले सामुहिक भावनाबाट नै समाज विकास हुने बताए। साधारणसभाले सचिव रूपा थापा र कोषाध्यक्ष ज्योति बस्नेतले पेश गर्नुभएको बार्षिक प्रतिवेदन पारित गरेको छ। उपाध्यक्ष गंगा कार्कीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव रूपा थापा खत्रीले गर्नुभएको थियो।
यसैबिच समूहको अधिवेशनले पुन: पार्वती बस्नेतको अध्यक्षतामा १३ सदस्यीय समिती चयन गरेको छ। समूहको प्रथम उपाध्यक्षमा गंगा कार्की, द्वितीय उपाध्यक्षमा रूपा थापा खत्री, सचिवमा सपना थापा, सहसचिवमा गीता अधिकारी, कोषाध्यक्षमा ज्योति बस्नेत, सहकोषाध्यक्षमा शारदा पौडेल र सदस्यमा श्रीदेवी थापा,सीता थापा,मंगला खड्का, प्रिती अम्गाई, सुनिता थापा र रेखा थापा बस्नेत रहनुभएको छ। विसं २०५७ सालमा गठन भएको समूहले महिला सशक्तीकरण तथा त्यस क्षेत्रको सामाजिक विकासमा कार्य गर्दै आइरहेको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया