SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२१ गते
    १८७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेल संघहरुले दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिनु भएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उहाँले निर्धारित मिति यही पुष २० गते भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिनु भएको हो ।

    समय भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघका प्रतिनिधिहरुले खेल संघको लेटर प्याड तथा छाप समेत प्रयोग गर्न नपाउने उहाँले जनाउनु भयो । यदि कसैले कानूनको पालना नगरेको खण्डमा सरकारी छाप कृति दस्तखत अन्र्तगत मुद्धा समेत हाल्ने सदस्य सचिव शर्माले जनाउनु भयो । करिब २८ वटा खेलसंघहरु प्रदेशमा आबद्ध भएको उहाँले जनाउनु भयो ।

    खेलकुद प्रबद्र्धन र खेलाडी उत्पादनमा खेल संघ, क्लवहरु सहित केही संस्थाहरु रहेको उल्लेख गर्दै उहाँले खेलकुदको विकासको लागि संघहरुसंगै बसेर जिम्मेवारी दिने बताउनु भयो । खेलकुद क्षेत्रमा बजेट कम भएको दाबी गर्दै उहाँले जनप्रतिनिधिहरुले यस बिषयमा खासै आवाज उठाउन नसकेको गुनासो गर्नु भयो । नेपाली खेलकुदमा न्यून बजेटको कारणले नै सोचे अनुरुप विकास हुन नसकेकेको सदस्य सचिब शर्माले बताउनु भयो ।

    खेलकुदमा विशेष गरी मार्शल आर्ट खेलका केही संघहरुमा आर्थिक परादर्शिता नभएको र ग्रेडिङमा समेत मनपरी रुपमा प्रशिक्षार्थी खेलाडीहरु संग रकम उठाएको विषयमा परिषदको गम्भिर ध्यनाकर्षण भएको उहाँले जनाउनु भयो । सदस्य सचिब शर्माले अवको सम्पूर्ण तयारी १०औं राष्ट्रिय खेलकुदका लागि अघि बढ्नु पर्ने जनाउँदै गण्डकीले पदक प्राप्त गर्ने गरी तेक्वान्दोलाई आफ्नो तयारी सुरू गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले तेक्वान्दो खेलको विकासका लागि डोजाङहरुको स्थापना हुनुपर्नेमा जोड दिनु भयो । स्वस्थ नागरिक उत्पादन संगै घर–घरमा तेक्वान्दो पुर्याउन डोजाङहरुको स्थापना आवश्यक रहेको उहाँको भनाई थियो ।

    गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी पाण्डे, महासचिब रमेश पौडेल, कोषाध्यक्ष माइकल कर्माचार्यले वोल्नु भएको थियो । कोषाध्यक्ष कर्माचार्यले आर्थिक वर्ष २०८०÷०८१ मा आम्दानीतर्फ २९ लाख ६२ हजार ९ सय २८ र खर्चतर्फ २५ लाख २३ हजार ८ सय ६४ रहेको जानकारी दिनुभयो । बाँकी रहेको ४ लाख ३९ हजार ६४ रुपैया यस बर्ष भुक्तानी गर्न बाँकी रहेको सेवा प्रदायकहरुलाई भुक्तानी गरिने भएको कोषाध्यक्ष कर्माचार्यले बताउनु भयो । संघका अध्यक्ष गुरूङले पोखरा रंगशालामा निर्माण हुन लागेको तेक्वान्दो प्रशिक्षण हल निर्माण सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गर्नु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिस तामाङ पोखरा शुरु, तामाङ समुदायका १२ युवती सहभागी

    पोखरा ।मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा...

    धुमधामका साथ नेवा: पुच:यूएईले दुबईमा “य:मरी पुन्ही ११४६” बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न’

    सचिन्द्र श्रेष्ठ, दुबई ।दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस...

    प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थी लाई स्विटर वितरण

    अजय मिश्र,कृष्णानगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक...

    भण्डारढिक रङ्गशालामा नेसनल प्याव्सनको खेलकुद प्रतियोगिता सम्पन्न

    गोपाल रिजाल गोबिन्द,पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले पोखरा २९...

    पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं