SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२१ गते
    २०१ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा। श्री गाउँ विकास समाज बहुमुखी सहकारी पोखरा १६ बाटुलेचौरको २६ औं साधारण सभा सम्पन्न भएको छ।सहकारीले सामाजिक सेवा सम्मानबाट समाजसेवी पुष्पराज अधिकारी र सहकारी विकासमा योगदान पुर्याएका दुर्गालाल श्रेष्ठलाई सम्मान गरेको छ। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथी पुर्व वडाध्यक्ष दान वहादुर बानियाँ, सल्लाहकार दुर्गा केसी , अध्यक्ष कर्णबहादुर खड्का र संस्थापक अध्यक्ष कुञ्जराज थापाले मायाको चिनो, सम्मान पत्र र सल ओढायर सम्मान गरे ।

    कार्यक्रममा सहकारीले उत्कृष्ट वचत कर्ता हरि कुमारी गुरुङ, उत्कृष्ट कारोबार गर्ने हिमलाल पौडेल, दैनिक बचतकर्ता कृष्ण थापालाई पनि सम्मान गरेको सहकारीका व्यवस्थापक मोहन वहादुर थापाले जानकारी दिए। यसअघि सभाको उद्घाटन गर्दै पुर्व वडाध्यक्ष दान वहादुर बानियाँले सहकारीको सिद्धान्त र शेयर सदस्यको सम्वनयमा संचालित सहकारी सदैव उत्कृष्ट रहने बताए ।

    सहकारीका अध्यक्ष कर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कुञ्जराज थापा, गरिमा विकास बैंक बाटुलेचौर शाखा प्रमुख सुरज बराल, बाटुलेचौर कालीलेक सहकारीका अध्यक्ष बसन्त तिमिल्सिना, हितैषी सहकारीका अध्यक्ष मदन आचार्य, ऋण उपसमितिका संयोजक गोविन्द बहादुर थापा, ऋण असुली उपसमितिका संयोजक बलबहादुर थापा, सहकारीका सल्लाहकार चित्र थापा, मैदान आमा समूहका अध्यक्ष ज्योति बस्नेत र सहकारीका व्यवस्थापक मोहन वहादुर थापाले सहकारीका विषयमा बोलेका थिए ।

    सभाले संयोजक कुल बहादुर खत्रीको लेखा प्रतिवेदन, सचिव योगेन्द्र वहादुर वस्नेतको प्रगति प्रतिबेदन र कोषाध्यक्ष सुशील वस्नेतले पेश गर्नुभएको बार्षिक प्रतिवेदन पास गरेको छ। सल्लाहकार राम वहादुर बानियाँले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सदस्य मनु वस्नेतले गर्नुभएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिस तामाङ पोखरा शुरु, तामाङ समुदायका १२ युवती सहभागी

    पोखरा ।मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा...

    धुमधामका साथ नेवा: पुच:यूएईले दुबईमा “य:मरी पुन्ही ११४६” बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न’

    सचिन्द्र श्रेष्ठ, दुबई ।दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस...

    प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थी लाई स्विटर वितरण

    अजय मिश्र,कृष्णानगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक...

    भण्डारढिक रङ्गशालामा नेसनल प्याव्सनको खेलकुद प्रतियोगिता सम्पन्न

    गोपाल रिजाल गोबिन्द,पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले पोखरा २९...

    पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं