
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
प्रकाशचन्द्र सापाकोटा, पोखरा। हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ ।प्रकृतिका साथीहरुको आयोजनामा शनिबार भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा कास्कीको पोखरा महनगर पालिका वडा नं. २५ मा रहेको तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको हो ।
कार्यक्रमा समुदायको भेलालेनै करिव १ सय दशमल ७४ हेक्टर क्षेत्रफल रहेको तिब्रेकोट सामुदायिक वनालाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरेको हो ।उक्त अवरमा तिब्रेकोट सामुदायिक बनका उपभोक्त समूहका अध्यक्ष विशालजंग कुँवरले भेलाको निर्णण सुनाउदै लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन् ।
https://youtu.be/GIWL8V2f_io?si=ys_sB1erIbWZR8Cl
घोषण सँगै उक्त बनमा गुलेललीको प्रयोग गरि लाटोकोसेरो लगायतका कुनै पनि चराचुरु·ीलाई मार्न नपाईने साथै कुनै पनि हानि नोक्सानी नपु¥याउने निर्णय गरिएको छ ।लाटोकोसेरो संरक्षण सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दा वन समूहको विधान र वन कार्ययोजनालाई असर नपर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने समूहका उपाध्यक्ष कृष्ण बहादुर कुँवरले जानकारी दिए ।
यस वन क्षेत्रमा लाटोकोसेरो अध्ययन तथा संरक्षणमा पहल गर्ने, लाटोकोसेरो लगायत अन्य चराचुरु·ीको गुड÷वासस्थान बनाएका रुखहरुको संरक्षण पहल गर्ने, पुराना बुढा रुख संरक्षण गर्ने, लाटोकोसेरो संरक्षणका लागि आगामि वर्ष देखि केहि रकम विनोयजन गरी समन्वयमा प्रचार प्रसार गर्ने निर्णय गरिएको उपाध्यक्ष कुँवरले जानकारी दिए ।
https://youtu.be/GIWL8V2f_io?si=ys_sB1erIbWZR8Cl
भेलाले गरेका निर्णयलाई डिभिजन वन कार्यालय कास्की, सव डिभिजन वन कार्यालय कुँडहर, वडा कार्यालय हेमजा र सरोकारवाल निकायहरुमा जानकारी दिइने कँवरले बताए ।उनका अनुसार प्रकृतिका साथीहरुको संस्थासँगको सहकार्य र प्रशिक्षणबाट नै उपभोक्त समूह यो अभियानमा जुटेको हो ।
शिवरमा प्रमुख अतिथीको रुपमा रहेका पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्त मोतिलाल तिम्सिनाले लाटोकोसेरो संरक्षणको कार्यमा वडाबाट सधै सहयोग रहने बताए ।
‘हरेक जिव जन्तुको संरक्षणमा वडाले पनि सचेतामूलक कार्यक्रमका लागि वजेट नै विनियोजन गरेर कार्यक्रम गरेको छ’ अध्यक्ष तिम्सिनाले भने,‘आगामि दिनमा पनि यहाँहरुसगको सहकार्यमा नै वडाले कार्यक्रमहरु ल्याउने छ ।’
तिब्रेकोट सामुदायिक वनका उपभोक्ताले नै यस वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गर्नु प्रशंसनिय कार्य भएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेको भनाई छ ।
https://youtu.be/GIWL8V2f_io?si=ys_sB1erIbWZR8Cl
‘नेपाल सरकारले जे चाहेको छ समुदायले नि त्यही काम गर्नु प्रशंसनिय कार्य रहेको छ’ प्रमुख काफ्लेले भने,‘ अन्य सामुदायिक वनमा पनि विभन्न जनवरहरुको संरक्षण क्षेत्र रुपमा काम गरेको उदाहरण रहेका छन् । यस वनले पनि ल्याएको योजना पनि सफल हुने विश्वास लिएको छु ।’उनका अनुसार अन्य सामुदायिक वनमा पनि संरक्षणका अभियान रहेकोमा नेपालमा संभवत लाटेकोसेरो संरक्षण विषेष क्षेत्र घोषण गरिएको यो पहिलो हो ।
उनले प्रकृतिमा नै रमानउन दिने गरी चरा चुरु·ी तथा जनावरको संरक्षण गर्नु पर्ने सुझाव दिए ।प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले समुदायबाट नै यो अभियान संञ्चालन गर्नु आफैमा सुखद पक्ष रहेको बताए ।
‘हामीले गण्डकी प्रदेशमा थालेको अभियान मार्फत केहि निश्चित ठाँउहरुमा गुलेली प्रतिवन्ध क्षेत्र घोषणा गर्ने तयारीमा जुटेका थियौ’ आचार्यले भने, ‘यहाँका उपभोक्तले गुलेली प्रतिवन्ध मात्र नभई विशेष संरक्षण क्षेत्र नै घोषण गरेर अभियानलाई थपा उत्साह प्रदान गर्ने काम गर्नुभयो । हाम्रो संस्था यहाँका उपभोक्त प्रति आभार व्यक्त गर्दछ ।’यो अभियानलाई पूर्णता दिनका लागि आफ्नो संस्थाबाट यहाँका उपभोक्ता समूहसँग सहकार्य गरेर काम गर्ने आचार्यले बताए ।
लाटोकोसेरो संरक्षणमा तीन दशक देखि लागि परेका प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले सन् २०२४ मा ह्टिवली अवार्डबाट सम्मानित भएका थिए । सोहि ह्टिवली अवार्डबाट प्राप्त पुरस्कार गण्डकी प्रदेशका कास्की, स्या·जा लगायतका जिल्लामा लाटोकोसेरोको अवैध व्यापार, चोरिसिकार नियन्त्रणका लागि तालिम, जनचेतना मुलक कार्यक्रम र लाटोकोसेरोका लागि कृतिम गुँड निर्माण लगायतका कार्यक्रम गरिएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=ys_sB1erIbWZR8Cl
यस अवधिमा १ सय वटा कृतिम गुँड राखिसकेको जसमा २० वटा हेमजा रहेको आचार्यले जानकारी दिए । यो सँगै कास्कीको भद्रकाली वन, पुम्दी भुम्दी, स्या·जाक तथा म्याग्दीमा रहेका ५ वटा सामुदायिक वनमा गुलेली प्रतिवन्ध क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको आचार्यले जानकारी दिए ।जनचेतना मूलक कार्यक्रम अन्तर्गत बुढा रुखहरुको संरक्षण, गुलेली प्रयोग गरि चरा मार्न रोक, स्थानिय, विद्यार्थी, र समुदायकमा संरक्षण शिविर सञ्चालन गरिएको छ । केशवराज सापकोटा, बालकुमार गुरुङ, सुदर्शन पराजुली, आयुष ढु·ाना, ज्योति शर्मा र दिपा गुरुङलाई संरक्षण दुत वनाइ एक वर्ष सम्म स्वयम्सेवकका रुपमा लाटोकोसेरोको अध्ययन तथा संरक्षणमा योगदान गर्ने जिम्मा दिइएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया