
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध साँस्कृतिक कार्यक्रमहरु गरी मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्दै सरकारी विद्यालयहरु मध्ये छोरेपाटन माविले प्रगति गर्दै गएको र अझै अगाडि बढ्नुपर्ने कुरा बताए । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका शाही योगी, सल्लाहकार तिर्थराज अधिकारी, शिक्षा महाशाखा पो.म.न.पा.का प्रमुख हेमप्रसाद आचार्य, संविधान सभासद् वृन्दा राना, उपसचिव बसन्तराज पौडेल, अभिभावक मनकाजी कार्र्की, देवराज आचार्य, विक्रम गुरुङ, नुरबहादुर वि.क, शिक्षक अभिभावक संघ अध्यक्ष इन्द्र बहादुर खत्री विद्यार्थीहरु श्रेया लामिछाने र सोहन कार्की वोलेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=xqoCGJ0Av2UlfWSv
त्यसैगरि पूर्व वि.व्य.स.अध्यक्ष खड्गबहादुर शाही, पूर्व वि.व्य.स.सदस्य छविलाल पौडेल, पूर्व प्रथम प्र.अ क्षेत्रबहादुर कुवँर, एस.ओ.एस. विद्यालय, तिब्बतीयन क्याम्प, सार्क देशहरुको म्याराथुनमा पाँचौं स्थान प्राप्त छात्रा नारायणी भण्डारी, हरी लम्साल स्मृति छात्रवृत्तिकी संस्थापक सुमित्रा लम्साल, सामाजिक परीक्षण समितिका पदाधिकारीहरु इन्द्रबहादुर खत्री, देवीप्रसाद बस्याल, ऋतुनाथ लम्साल, जमुना अर्याल , रमेश पौडेल, शिक्षक रमा वाग्ले र विद्यार्थी सलिना कार्की, छात्रवृत्ति थप गर्ने संस्थापकहरु डेविसफल युवा क्लव र बाल कल्याण कोष, छोरेपाटन माविका प्रावि शिक्षकहरु सम्मान गरिएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=xqoCGJ0Av2UlfWSv
कार्यक्रममा दिव्येश्वरी रेग्मी, गणेशप्रसाद तिमिल्सिना, रेखा थापा, युवराज सुवेदी, डिल्लीराम शर्मा, मनुराज आचार्य, सोभिता अधिकारी, कुमारी लक्ष्मी शर्मा, लिलाप्रसाद पराजुली, मनुराज आचार्य, पुकार भण्डारी,रोहित बराल, कुमारी लक्ष्मी शर्मा, मेघनाथ पौडेल, लक्ष्मण पौडेल, रामप्रसाद सुवेदी, लेखनाथ बराल, लक्ष्मी देवकोटा, विद्यामति भुसाल, राधिका आचार्य, रेखा के.सी, माधव पहारी, महादेव पौडेल, नारायण थापा, डिल्लीराम बराल, युवराज सुवेदी र शान्ति पौडेललाई पुरस्कृत गरिएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=xqoCGJ0Av2UlfWSv
त्यस्तै खगराज सांस्कृतिक उत्थान पुरस्कारबाट प्रथम एलिसा गुरुङको समूह, दोस्रो रुपेनी राईको समूह, तृतीय विशेषता राईको समूह र चौथौ प्रिन्सस थापाको समूह पुरस्कृत भएका थिए भने विज्ञान प्रदर्शनीको ११÷१२ तर्फ प्रथम क्याथोड रेट्युब, दोस्रो मेडिसिनल हब्र्स, तृतीय रोल अफ रिन्युएबल इनर्जि र सान्त्वना व्याक्टेरियोफेज विज्ञान प्रदर्शनीको पुरस्कार प्राप्त गरेका थिए ।
त्यसैगरी ६–१० तर्फ प्रथम मिलिटर भेहीकल, दोस्रो, कजेज अफ पोलुसन, तृतीय रोर्वट र सान्त्वना वाटर डिस्पेन्सरले प्राप्त गर्न सफल भएका थिए । छोरेपाटन मावि भू.पू विद्यार्थी मञ्चले विद्यालयमा अध्ययनरत आर्थिक विपन्नता भएका १० जना विद्यार्थीलाई विद्यालय पोसाकको व्यवस्था गरेको छ भने शिक्षक रोशनप्रसाद श्रेष्ठले एस.इ.इ.मा गणित विषयमा ए प्लस ल्याउने विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्थापन गरेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=xqoCGJ0Av2UlfWSv
साथै सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले वार्षिक प्रगति प्रतिवेदन र लेखा प्रतिवेदन लेखाअधिकृत छविलाल पनेरुले प्रस्तुत गरेका थिए । विद्यालयको मुखपत्र ज्योत्स्ना विमोचनको पनि विमोचन गरिएको थियो । पञ्चेबाजा, भजन, लाखे नाच, नृत्य, नाटक साँस्कृतिक तथा मार्चपास, पिटी प्रर्दशन, डिजिटल बोर्डबाट विद्यालय गतिविधि प्रर्दशन कार्यक्रम प्रस्तुत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक खेमराज बराल धु्रर्वले र संचालन मेघनाथ पौडेलले गरेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=xqoCGJ0Av2UlfWSv


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया