SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१७ गते
    ६२८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाले आयोजना गरेको ३ दिने सडक महोत्सवमा जब दोहोरी गायक कृष्ण अखेलीले भिर्ने झोलामा भन्दै गित गाए दर्शकहरुमा छुट्टै माहोल छायो । सडकमा रहेका हजारौ दर्शकहरु नाच्नमा ब्यस्त थिए ।

    बालबालिका, युवा युवति देखि बृद्ध सम्म सबैदर्शकमा उहि गित गुन्जी रहेको थियो भिर्नी झोलामा ,दर्शकहरु गित गाउदै नाचिरहेका थिए । पुषको यो सिरेठोमा अखेलीको गितले माहोल तताईरहेको थियो । मञ्चमा आसिन अतिथीहरु पनि नाच्नमै ब्यस्त थिए ।

    https://youtu.be/GIWL8V2f_io?si=WRa5N33UEeavdd6k

    लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले आयोजना गरेको सडक महोत्सवले कुश्माबजारमा नयाँ बर्षको रौनक बढेको थियो । पुषको कपकपाउदो जाडोमा अंग्रेजी नयाँ बर्षलाई स्वागत गर्न आतुर दर्शकहरु कुश्माको बन्जी साइडमा बाक्लै उपस्थित थिए । जाडो लाई टक्करदिदै नयाँ बर्षलाई स्वागत गर्नका लागि आतुर दर्शकहरुलाई जमघटहुने माहोल भने लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा पर्वतले गराएको थियो ।

    नयाँ बर्षको स्वागत गर्न पुगेका दर्शकलाई गायक गायिकाहरुले मनोरञ्जन दिलाएका थिए । सडक महोत्सव मार्फत कुश्मा बजारको पर्यटन प्रवद्र्धनमा जुटेको प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा मंगलबार लोक गायक शिव हमालले गाएको लालुमैमा पनि दर्शक झुमेका थिए । गायकहरु कृष्ण सुबेदी,घनश्याम रिजाल, , सरस्वती लामिछाने, नविना सुवेदी, सलिना गुरुङ, आरसी पौडेल लगाएतका कलाकारहरुले पनि आफ्नो प्रस्तुती राखेका थिए ।

    आज समापन हुने सडक महोत्सवले पर्वत जिल्लाको लोक संस्कृतिको प्रवद्र्धनसंगै पर्यटन प्रवद्र्धनको उद्देश्य लिएको छ । पछिल्लो समय अंग्रेजी नयाँ बर्षलाई पर्यटकीय नगरी कुश्मामा विशेष कार्यक्रमहरुको आयोजना गरी मनाउने गरिएको छ । विदेशी पर्यटकलाई लक्षित यस्ता कार्यक्रमहरुमा स्थानीयको पनि बाक्लो सहभागीता हुने गरेको छ ।

    यसै वीच द क्लिपले नयाँ बर्षको अवसरमा गायक प्रकाश सपुतको एकल साँझ कार्यक्रमको आयोजना गरेको थियो । साहसिक खेल बञ्जी मार्फत देश भरी नै चर्चा कमाएको द क्लिपले नयाँ बर्षको अवसरमा सांगेत्तिक साँझको आयोजना गरेको हो । नयाँ बर्षकै अवसरमा हार्नेस जीपलाईनले एड्भेन्चर रिर्सोटमा पनि लाइभ सांगेतिक कार्यक्रमको आयोजना गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं