SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१५ गते
    ३०३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा सञ्चालीत राष्ट्रपति रनिङ शिल्डको उपाधि विहादी ३ रानीपानी स्थित नेपाल तारा माविले जितेको छ ।४ दिनसम्म सञ्चालन भएको प्रतियोगीतामा लगातार ३ बर्षसम्म लगातार उपाधि हात पारेको नेपाल तारा माविले अन्ततः रनिङ शिल्ड नै जितेको हो । ८ स्वर्ण, ४ रजत र ४ कास्य गरी १६ पदक नेपाल तारा मावि सहित नेपाल तारा माविले शिल्ड हात पारेको हो ।

    https://youtu.be/qYmb5HdkPhM?si=1poAOdkYnEHA3PGY

    यसैगरी आम्बारी माविले द्धितिय स्थान हासिल गरेको छ । ७ स्वर्ण, ३ रजत र ६ कास्य १६ पदक सहित आम्बारी मावि द्धितिय भएको हो । प्रतियोगीतामा जनकल्याण माविले तृतिय स्थान हासिल गरेको छ । ७ स्वर्ण, ३ रजत, ५ कास्य गरी १५ पदक जनकल्याण माविले तृतिय स्थान हासिल गरेको हो ।

    प्रतियोगीताको अवसरमय खेलमैदानका लागि जग्गा उपलब्ध गराउने स्थानीयबासीलाई सम्मान समेत गरिएको थियो ।प्रतियोगीताको समापनमा विजयी विद्यालयहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो । प्रतियोगीताको समापन शत्रमा बोल्दै अध्यक्ष परविन गुरुङले खेल क्षेत्रको विकास र विस्तारमा गाउँपालिकाले आगामी दिनमा अध्यक्ष कपको आयोजना गर्ने बताए ।

    https://youtu.be/qYmb5HdkPhM?si=1poAOdkYnEHA3PGY

    उनले खेलक्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको समेत बताएका थिए । गाउँपालिकाले आयोजना गरेको प्रतियोगीतामा सहभागी टिमलाई बधाई दिदै अध्यक्ष गुरुङले खेलकुद सञ्चालन गर्दा भएका कमीकमजोरीको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका थिए । खेलकुदले ब्यक्ति, गाउँ र देशलाई चिनाउने भन्दै अध्यक्ष गुरुङले खेलाडीलाई खेलकुदमा लाग्न प्रोत्साहन गरेका थिए ।

    गाउँपालिका उपाध्यक्ष मिना शर्मा तिवारी, प्रमुख प्रशासकीय अधिकृत हरि भुषाल, गाउँपालिकाका वडाअध्यक्षहरु तथा पूर्व गाउँपालिका अध्यक्ष कमल भुषाल समापन कार्यक्रममा सहभागी थिए । उनीहरुले विजयी तथा पदक जित्न सफल विद्यार्थीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।

    https://youtu.be/qYmb5HdkPhM?si=1poAOdkYnEHA3PGY

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं