
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे पन्ध्रमको अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बत शाखाको आयोजनामा सोमवारदेखि महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्वतलाई शाहसिक पर्यटनको हब बनाउने बताउनु भयो । 
आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तब्य रहेको पोखरा नजिकै रहेको पर्वत जिल्लालाई शाहसिक पर्यटकहरुको प्रमुख गन्तव्य बनाउने उहाँको भनाई छ । पर्वतमा रहेको नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, विश्वकै दोस्रो अग्लो बञ्जि, विश्वकै लामो जीपलाईन लगायतका संरचनाका साथै कालीगण्डकीको र्याफ्टिङ्गले पर्यटकहरु आकर्षित हुँदै गएको बताउँदै पोखरा आउने पर्यटक पर्वत पुग्नैपर्ने गरी विकास गर्नका लागि पर्यटन मन्त्रालयले आवश्यक साझेदारी तथा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=82_5pnkIAIzvQlVc
अन्य प्रदेश भन्दा गण्डकी प्रदेश विकासका दृष्टिकोणले अगाडि रहेको बताउँदै मन्त्री बस्यालले पर्यटन, उर्जा र कृषि क्षेत्रलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व भएमा यहाँको विकासले छिटो गति लिने दावी समेत गर्नुभयो । जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुर्याउनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले महोत्सवको आयोजना गरेको हो । महोत्सव १७ गतेसम्म संचालन हुने भएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले मुलुकको आर्थिक समृद्धिका लागि कलाकारहरुको पनि महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । पर्वतको पर्यटनलाई चलायमान बनाउनका लागि प्रतिष्ठानले आयोजना गरेको महोत्सवको प्रसंसा गर्दै यसलाई सवै मिलेर सफल बनाउन आव्हान समेत गर्नुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=OW3YUm6gOr1Rqm_x
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ भने कालरात्री ब्याण्डको रात्रिकालीन प्रस्तुतिका साथै स्थानीय कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले विभिन्न प्रस्तुती रहने भएका छन् । महोत्सव उद्घाटनका अवसरमा नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, माओवादी केन्द्रका नेता शंकर गिरी, फलेवास नगर उपप्रमुख शोभाकुमारी क्षेत्री, पैंयू गाउँपालिकाका उपाध्यक्ष यामकुमारी राना, नेष्डो नेपालका कार्यकारी प्रमुख विश्वप्रकाश प्रसाई, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, प्रतिष्ठान पर्वतका निवर्तमान अध्यक्ष दिपक गदाल लगायतले बोल्नुभएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=OW3YUm6gOr1Rqm_x
कार्यक्रममा कलाकार रिता थापा मगर, शंकर विरही गुरुङ, कृष्ण अखेली, राजन कार्की, शोभा परियार, चित्रसागर श्रेष्ठ, सन्तोष सुवेदी, सुदिप क्षेत्री लगायतलको प्रस्तुती रहेको थियो । अध्यक्ष पुजा कार्की शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सन्तोष सुवेदी र संचालन अर्जुन थापाले गर्नुभएको थियो । कार्यक्रमको बारेमा आरसी पौडेल र सन्दिप बस्यालले जानकारी गराउनुभएको थियो
https://youtu.be/qYmb5HdkPhM?si=3c0JMFBJA2eQ-ar3


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया