SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१५ गते
    ३२१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे पन्ध्रमको अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बत शाखाको आयोजनामा सोमवारदेखि महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्वतलाई शाहसिक पर्यटनको हब बनाउने बताउनु भयो ।

    आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तब्य रहेको पोखरा नजिकै रहेको पर्वत जिल्लालाई शाहसिक पर्यटकहरुको प्रमुख गन्तव्य बनाउने उहाँको भनाई छ । पर्वतमा रहेको नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, विश्वकै दोस्रो अग्लो बञ्जि, विश्वकै लामो जीपलाईन लगायतका संरचनाका साथै कालीगण्डकीको र्‍याफ्‌टिङ्गले पर्यटकहरु आकर्षित हुँदै गएको बताउँदै पोखरा आउने पर्यटक पर्वत पुग्नैपर्ने गरी विकास गर्नका लागि पर्यटन मन्त्रालयले आवश्यक साझेदारी तथा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=82_5pnkIAIzvQlVc

    अन्य प्रदेश भन्दा गण्डकी प्रदेश विकासका दृष्टिकोणले अगाडि रहेको बताउँदै मन्त्री बस्यालले पर्यटन, उर्जा र कृषि क्षेत्रलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व भएमा यहाँको विकासले छिटो गति लिने दावी समेत गर्नुभयो । जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुर्‍याउनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले महोत्सवको आयोजना गरेको हो । महोत्सव १७ गतेसम्म संचालन हुने भएको छ ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले मुलुकको आर्थिक समृद्धिका लागि कलाकारहरुको पनि महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । पर्वतको पर्यटनलाई चलायमान बनाउनका लागि प्रतिष्ठानले आयोजना गरेको महोत्सवको प्रसंसा गर्दै यसलाई सवै मिलेर सफल बनाउन आव्हान समेत गर्नुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=OW3YUm6gOr1Rqm_x

    कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ भने कालरात्री ब्याण्डको रात्रिकालीन प्रस्तुतिका साथै स्थानीय कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले विभिन्न प्रस्तुती रहने भएका छन् । महोत्सव उद्घाटनका अवसरमा नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, माओवादी केन्द्रका नेता शंकर गिरी, फलेवास नगर उपप्रमुख शोभाकुमारी क्षेत्री, पैंयू गाउँपालिकाका उपाध्यक्ष यामकुमारी राना, नेष्डो नेपालका कार्यकारी प्रमुख विश्वप्रकाश प्रसाई, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, प्रतिष्ठान पर्वतका निवर्तमान अध्यक्ष दिपक गदाल लगायतले बोल्नुभएको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=OW3YUm6gOr1Rqm_x

    कार्यक्रममा कलाकार रिता थापा मगर, शंकर विरही गुरुङ, कृष्ण अखेली, राजन कार्की, शोभा परियार, चित्रसागर श्रेष्ठ, सन्तोष सुवेदी, सुदिप क्षेत्री लगायतलको प्रस्तुती रहेको थियो । अध्यक्ष पुजा कार्की शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सन्तोष सुवेदी र संचालन अर्जुन थापाले गर्नुभएको थियो । कार्यक्रमको बारेमा आरसी पौडेल र सन्दिप बस्यालले जानकारी गराउनुभएको थियो

    https://youtu.be/qYmb5HdkPhM?si=3c0JMFBJA2eQ-ar3

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं