SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१४ गते
    २११ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    मन्त्रीले आफ्नो सम्बोधनमा स्थानीयस्तरमा सहज, प्रभावकारी र पारदर्शी सामाजिक सेवाको विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कार्यालयले शिक्षा, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, खेलकुद र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जनामा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

    उनले कार्यालयमा सेवा प्रवाह चुस्तदुरुस्त बनाई जनतासँग प्रत्यक्ष रुपमा जोडिन निर्देशन समेत दिएका छन् । “कार्यालय भवन निर्माण गरेर मात्रै हुँदैन । नागरिकको सेवालाई सहज बनाउन आवश्यक छ । सेवा प्रवाहमा कमी नहोस् ।”, उनले भने । प्रदेश सरकार स्थानीय तहहरुसँग समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता उनको छ ।

    गण्डकी प्रदेशका सांसद जीत प्रकाश आलले सामाजिक विकास कार्यालयले सामाजिक बनोटमा समेत ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । सामाजिक संरचना राम्रो भए समाज राम्रो हुने बताउँदै पछाडी परेका वर्गहरुका लागि समेत सेवा प्रवाह सरल हुनुपर्नेमा उनले जोड दिए । सांसद अशोक कुमार श्रेष्ठले नयाँ सोचका साथ विकास निर्माणका सेवा प्रवाहमा लाग्न अनुरोध गरे ।

    जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्ती रमण वाग्लेले मानवीय र सामाजिक क्षेत्रको विकास नै आजको आवश्यकता रहेको बताए । सामाजिक विकास कार्यालय तनहुँको नवनिर्मित भवनबाट शिक्षा,संस्कृति र खेलकुदको क्षेत्रमा सेवा प्रवाह गर्न ठूलो सहयोग पुग्ने विश्वास उनको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=bxbiFsUhis7raVgF

    व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक र शिक्षा क्षेत्रलाई सुधार गर्न उक्त कार्यालय प्रभावकारी बन्ने उल्लेख गरे । स्थानीय तहसङ्ग मिलेर योजना अगाडि बढाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । भौतिक संरचना सङ्गै सेवामा स्थानीय तह पनि मिलेर काम गर्न इच्छुुक रहेको भनाई उनको छ ।

    तनहुँका प्रमुुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले भौतिक संरचनासँग सेवा प्रवाह समेत स्मार्ट हुन आवश्यक रहेको बताए । “राम्रा भवन राम्रा सवारीमा हिडेर मात्र भएन सेवा प्रवाहमा गुणस्तरीयता आउनुपर्यो ।”, उनले भने ।कार्यक्रममा तनहुँका स्थानीय जनप्रतिनिधिहरू, समुदायका अगुवाहरू र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सामाजिक विकास कार्यालयले बालबालिका, महिला, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको सेवामा प्राथमिकता दिँदै आएको छ । सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यले गरेका थिए ।

    https://youtu.be/GIWL8V2f_io?si=bxbiFsUhis7raVgF

    प्रतिकृया दिनुहोस्

    Loading...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

    पर्वत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला कारागार पर्वतका कार्यालय प्रमुखसहित ५ जनाविरूद्ध विहीबार भ्रष्टाचार...

    पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै

    पर्वत । विद्यालय उमेरका विद्यार्थीहरूमा क्रिकेट खेल्न सक्ने क्षमता अभिवृद्धिका लागि जिल्ला व्यापी रूपमा अन्तर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं