SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१२ गते
    १८२ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड,पोखरा ।पोखरा ८ सिमलचौरमा रहेको पशुपतिनाथ मन्दिरको तेह्रौ साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले धार्मिक व्यक्तित्व दामोदर सिग्देलको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।समितिको उपाध्यक्षमा विसिना लम्साल, सचिवमा कृष्ण हरि सिग्देल, सह-सचिवमा देवका कुमारी पौडेल, कोषाध्यक्षमा नवराज बाँस्ताेला, सदस्यहरुमा पुष्प राज सिग्देल, खेमराज पौडेल, दिपा पाठक, अप्सरा मल्ल, राधादेवी पौडेल, बालकृष्ण बराल त्यसैगरी संस्थाको सल्लाहकारमा देवीप्रसाद चालिसे, विरेन्द्र नारायण बिजुक्छे, रामचन्द्र पौडेल, सुयश श्रेष्ठ र ईश्वरी सुवेदी चयन भएको निर्वाचन समिति संयोजक डा. श्रीकान्त शर्मा खतिवडाले जानकारी दिनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=_FbjmJo-aeElgcR-

    मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धार्मिक तथा समाजसेवी व्यक्तित्व युक्त प्रसाद श्रेष्ठले सनातन हिन्दु धर्म संरक्षणमा सबै सनातन धर्मावलम्बीहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा उपाध्यक्ष दामोदर सिग्देलले स्वागत मन्तब्य तथा सचिव गाेविन्द बरालले कार्यक्रम संचालन गर्नु भएको थियो । अधिवेशनले अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखासमितिको प्रतिवेदन माथि छलफल गरि पारित समेत गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं