SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१२ गते
    १९४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुु कुमार थापाले व्यवहारिक र जीवनउपयोगी शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । कास्कीको मादी गाउँपालिका वडा नं. ४ स्थित श्री ध्रुुव माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले स्थानीय उत्पादनका विषयमा विद्यार्थीलाई समेत जानकारी हुनुपर्ने उल्लेख गरे ।

    https://youtu.be/GIWL8V2f_io?si=chMogy2kE2AHTP-b

    प्रदेश सरकारले शिक्षामा सुधार ल्याउन नयाँ कार्यक्रमहरु ल्याएको र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । “सिक्दै कमाउदै कमाउदै सिक्दै, फ्राइडे फर फ्युचर, अभिभावक शिक्षा जस्ता महत्वपूर्ण कार्यक्रमहरु शिक्षाको क्षेत्रमा प्रदेश सरकारले ल्याएको छ । यसको कार्यान्वयमा सबै विद्यालयहरु लाग्नुपर्ने छ । परिणाम आउने गरि नै यहाँहरुले उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन अनुरोध गर्दछु ।”, उनले भने । मन्त्री थापाले शिक्षामा सुधार ल्याउन मापदण्ड सरल र सहज बनाइने बताए । उनले स्थानीय पालिकाको सहकार्यमा नै शिक्षा क्षेत्रलाई सुदृृढ बनाउन सकिने उल्लेख गरे ।

    https://youtu.be/GIWL8V2f_io?si=chMogy2kE2AHTP-b

    विद्यालयको शैक्षिक प्रगतिका विषयमा जानकारी गराउँदै प्रधानाध्यापक रामबाबु पौडेलले विद्यालयमा हाल १७० जना विद्यार्थी रहेको बताए । विद्यालयले स्थानीय स्रोत साधनको उपयोग गर्दै उत्पादनसँग पनि विद्यार्थीलाई जोडेको उनले उल्लेख गरे । विद्यालयमा खेलकुुद मैदान र यातायातको समस्या भएको र त्यसको परिपूर्तिमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

    विद्यालयका भूतपूर्व विद्यार्थी एवम् भूगर्भ विद डा. सोमनाथ सापकोटाले नेपालमा साइन्स पढ्ने वातावरण घट्दै गएको बताए । मादीको केन्द्रमा पालिका स्तरिय साइन्स क्याम्पसको आवश्यक रहेको भनाई उनको छ । शैक्षिक स्तरमा सुधार ल्याउन सबै सचेत हुुनुपर्ने उनले उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं