SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१२ गते
    १८९ &#२३४६;&#२३३५;&#२३२५;

    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गर्ने २०औ संस्करणको लेखनाथ महोत्सव अन्र्तगत विहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा डायमण्ड मा.वि. की मनिका शाहि प्रथम, रिलायन्स पब्लीक स्कुलकी मनिसा गुरुङ द्धित्तीय, सिर्जना बहिरा माविका सनम गुरुङ तृतिय र विश्वशान्ति माविका सुर्जल गुरुङ सान्त्वना भएका छन ।

    https://youtu.be/GIWL8V2f_io?si=ORb1TvCnovMZjcIZ

    विजयी प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुनेले क्रमशः नगद ७ हजार, ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिनेछ भने सहभागी सबैलाईप्रमाणपत्र प्रदान गरिनेछ । पुरस्कार वितरण महोत्सवको मञ्चबाट प्रदान गरिने विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रतियोगितामा १२ वटा विद्यालयका २७ जना छात्र छात्राहरुको सहभागीता रहेको थियो । प्रतियोगिहरुलाई पोखराको कृषि र पर्यटनसँग सम्बन्धीत चित्र कोर्न भनिएको थियो । निर्णायकको भुमिकामा सृजनशिल कलाकार समुहका अध्यक्ष डिबि गुरुङ,मिलन शेरचन र झविन्द्र गुरुङ रहेका थिए । ‘‘प्रतियोगितामा विद्यार्थीहरुले कोरेका चित्रहरुलाई महोत्सवमा प्रर्दशनी एवं बिक्रिको लागी समेत राखिनेछ जसबाट विद्यार्थीहरुले अतिरिक्त आयआर्जन समेत गर्न सक्नेछन’’–संयोजक ढुगानाले वताए ।

    https://youtu.be/qYmb5HdkPhM?si=9Ka8Rr-rvF8j611o

    महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालयस्तरीय नृत्यप्रतियोगिता लगायतका कार्यक्रमहरु पनि हुनेछन भने विद्यार्थीहरुलाई महोत्सवअवलोकनको लागी विद्यार्थी परिचयपत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ ।यस अघि प्रतियोगिताको उद्घाटन गर्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष एवंपोखरा प्रज्ञा प्रतिष्ठानका कुसलपति पद्मराज ढकालले पोखरा आँफैमा प्रकृतिको सुन्दरसृजना भएको बताउँदै चित्रकला प्रतियोगिताले विद्यार्थी भाई बहिनीहरुमा पनिसृजनात्मक क्षमताको विकास गराउने वताएका थिए ।

    उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले महोत्सवकोबारेमा जानकारी गराउँदै चित्रकला सँगसँगै महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिकप्रर्दशनी, विज्ञान प्रर्दशनी, नृत्य प्रस्तुतहिरु पनि रहेको वताएका थिए ।विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संघकी महासचिव जानुका पराजुलीले गरेकी थिईन भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं