SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१२ गते
    २९९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत । बिहादी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले उद्घाटन गर्नुभएको छ । बिहादी गाउँपालिका वडा नम्बर ४ स्थित खेलमैदानमा सुरु भएको प्रतियोगिता उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष परविन गुरुङले बालबालिकालाई आफ्नो प्रतिभा देखाउँदै खेलमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान गराउन यो प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=RY6IoT6F3zl8BsOs

    यो प्रतियोगिताबाट बिद्यार्थीहरुमा खेलप्रति उत्साह बढ्नुका साथै बिद्यार्थीमा आफ्नो प्रतिभा देखाउने अवसर भएको गुरुङको धारणा रहेको थियो । यो प्रतियोगिता खेलाडी उत्पादन गर्ने कारखाना भएको भन्दै अध्यक्ष गुरुङले सहभागी बिद्यार्थीलाई खेलको भावना र अनुशासनलाई उच्चतमस्तरमा राखेर प्रतिष्पर्धा गर्न आग्रह गर्नुभएको थियो । बिहादी गाउँपालिकाले यस्ता प्रतियोगिताबाट सक्षम खेलाडी उत्पादन गर्न भरपूर्ण लाग्ने स्पष्ट पार्दै गुरुङले खेलको सम्मान र खेलाडी उत्पादनप्रति प्रतिबद्धता जनाउनुभएको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=RY6IoT6F3zl8BsOs

    बिहादी चिनाउनेगरी सक्षम खेलाडी बन्न सहभागी बालबालिकालाई आगह्र गर्दै गुरुङले प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान मात्र नभएर पालिकाको गौरव बढाउने आधार तयार गर्ने विश्वास ब्यक्त गर्नुभएको थियो । खेलक्षेत्रमा लागेका खेलाडीले पनि राम्रो गरेको भन्दै खेलप्रतिको नकारात्मक भावनालाई त्यागेर सबै अभिभावकले आफ्ना बालबालिकाको प्रतिभा पहिचान गराएर साथ दिन पनि गाउँपालिका अध्यक्ष गुरुङले आग्रह गर्नुभएको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=RY6IoT6F3zl8BsOs

    गाउँपालिकाका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बिहादी गाउँपालिकाका उपाध्यक्ष मिना शर्मा तिवारी, निबर्तमान गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसाल, नेपाली कांग्रेस पर्वतका निवर्तमान सभापति खिमप्रसाद भुसाल, सहसचिव तिलकप्रसाद भुसाल, नेकपा एमाले बिहादीका अध्यक्ष ओम कुँवर, नेकपा माओबादी बिहादीका अध्यक्ष ऋषिराम भुसाल, वहाकी सामुदायिक क्याम्पसका अध्यक्ष दुर्गा भुसाल, जनकल्याण माविका प्रअ टंकबहादुर खड्का, बिद्यार्थी कोषिस पाण्डेलगायतले बोल्नुभएको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=RY6IoT6F3zl8BsOs

    कार्यक्रमको स्वागत मन्तब्य प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुसाल र सञ्चालन बिहादी गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिनेश भुसालले गर्नुभएको थियो । यहि पुस १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बिहादी गाउँपालिकाका ६ वटै वडाका बिधालयका विद्यार्थी सहभागी छन ।

    https://youtu.be/GIWL8V2f_io?si=RY6IoT6F3zl8BsOs

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं