SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/११ गते
    ३०३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ।यो भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको छ।

    https://youtu.be/GIWL8V2f_io?si=s7WFWvkxNi_8E2uk

    पहिचानको अभाव, प्रेम र करियरबीचको द्वन्द्व, र सामाजिक संघर्षलाई भावनात्मक रूपमा उजागर गरेको ‘सानुमाया’ म्युजिक भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक महत्त्व र समाजभित्रको गहिराइलाई कलात्मक रूपले प्रस्तुत गर्ने प्रयास गरेको छ।

    लेखक तथा निर्देशक विवेक रसाइलीद्वारा निर्देशित भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम सुब्बालाई फिर्चड गरिएको छ । मिरुनाको पात्रले आफ्नो प्रेम र करियरबीचको संघर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ।

    https://youtu.be/GIWL8V2f_io?si=s7WFWvkxNi_8E2uk

    मिरुना मगरले भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो करियर र आफ्नो प्रेमबीच छनोट गर्नुपर्ने अवस्थामा छन्। उनको पात्रले पहिचानको अभावले ल्याउने सामाजिक दबाब र व्यक्तिगत द्वन्द्वलाई जीवन्त रूपमा पर्दामा उतारेको छ।

    ‘सानुमाया’ ले भुटानी नेपाली समुदायको सांस्कृतिक परम्परा, प्रेम, र पहिचान गुमाउनुपर्ने परिस्थितिलाई भावुक तर प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । गीतमा समेटिएका कथा र सांगीतिक संयोजनले दर्शकलाई पात्रहरूको भावनामा डुबाउन मद्दत गर्छ।विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन् ।

    https://youtu.be/GIWL8V2f_io?si=s7WFWvkxNi_8E2uk

    ‘सानुमाया’ म्युजिक भिडियो भिजुअल आर्ट्स स्टुडियोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । दर्शकहरूले यो सांगीतिक कथा मार्फत भुटानी नेपाली समुदायको वास्तविकता र संघर्षलाई अनुभव गर्न सक्नेछन् सानुमाया ले भुटानी नेपाली समुदायको सांस्कृतिक परम्परा, प्रेम, र पहिचान गुमाउनुपर्ने परिस्थितिलाई भावुक तर प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । गीतमा समेटिएका कथा र सांगीतिक संयोजनले दर्शकलाई पात्रहरूको भावनामा डुबाउन मद्दत गर्छ।

    https://youtu.be/GIWL8V2f_io?si=s7WFWvkxNi_8E2uk

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं