SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/११ गते
    २०३ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पौडेल,पोखरा । शिक्षासेवी वसन्त तिमिल्सीनाले बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।पोखरा १६ बडहरवोट निवासी तिमिल्सीनाले आफ्ना स्वर्गीय पिता तोयनाथ, भाई श्याम र दिदी ताराको स्मृतिमा नगद दुई लाख रुपैयाको तोयनाथ,श्याम, तारा स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो ।

    https://youtu.be/GIWL8V2f_io?si=aUWztCvUKep9ZUbl

    विहीवार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नरनाथ भट्टराई, विन्ध्यवासिनी क्याम्पसका पुर्व प्रमुख नरहरि भट्टराइको उपस्थितीमा तिमिल्सीनाले नगद २ लाखको चेक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वोल्दै अक्षयकोषदाता तिमिल्सीनाले आफ्ना पिताजीले लामो समय शिक्षण कार्यमा विताएको स्मरण गर्दै, उहाँको योगदानलाई चीर स्थायी वनाउन कोष स्थापना गरेको बताउनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=aUWztCvUKep9ZUbl

    पोखरा एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका उहाँले आगामी दिनमा पनि अन्य विद्यालयमा पिताको स्मृतिमा अक्षयकोष स्थापना गर्ने योजना रहेको सुनाउनुभयो ।

    विद्यालयका प्रधानाध्यापक आचार्यले शैक्षिक क्षेत्रमा तिमिल्सीनाको योगदान अतुलनिय रहेको बताउँदै, कोष स्थापनाले शैक्षिक विकासमा ईटा थप्ने बताउनुभयो ।कार्यक्रममा अक्षयकोष दाताका रुपमा तिमिल्सीनाका धर्मपत्नी शारदा वराल तिमिल्सीना, माधव तिमिल्सीना, रामचन्द्र तिमिल्सीना, पुनम शर्मा, प्राध्यापक कृष्णचन्द्र भट्टराइ, विद्यालय व्यवस्थापन समितिका सदस्य सन्दीप थापा, विमला अधिकारी, सहायक प्रधानाध्यापक राम वहादुर वाँनिया लगायतले अक्षयकोषवाट प्रदान गरिने पुरस्कारले शिक्षक शिक्षिकाको मनोवल थप बढ्ने बताए ।

    https://youtu.be/GIWL8V2f_io?si=aUWztCvUKep9ZUbl

    सो अक्षयकोषवाट प्राप्त व्याजले प्रत्येक वर्ष त्यस विद्यालयका उत्कृष्ट २ जना शिक्षक शिक्षिकालाई नगद पुरस्कार सहित सम्मान गरिने वताईएको छ । विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गरिसक्नु भएका तिमिल्सीनाले सामाजिक क्षेत्रमा समेते सहयोग गर्दै आईरहनु भएको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=aUWztCvUKep9ZUbl

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं