SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/७ गते
    १९९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक असफल गौतमलाई प्रदान गरिने भएको छ । नेपाली साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने स्रष्टालाई हरेक दुई वर्षमा अर्पण गरिदै आएको पुरस्कारको राशि ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ ।नेपाली साहित्यका क्षेत्रमा भूपीको योगदानलाई चिरस्थायी बनाउन समीक्षा र समालोचनाका माध्यमबाट व्यक्तिगत तथा संस्थागत हिसाबले कलम चलाएर पु¥याएको योगदानको उच्च कदर गर्दै यो वर्ष असफललाई सम्मान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक ई. रुजिन्द्र तुलाचनले जानकारी दिए ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    पुतलीबजार–७, स्याङ्जामा जन्मेका असफल गौतमका ‘सबैका सारथि संगी’ (जीवनी–२०७७), ‘मानवअधिकार गीत’ (२०७४), ‘सत्तलमा सिर्जना’ (गजलसङग्रह–२०७१), ‘हाइकुः आलेख र अभिलेख’ (इतिहास–२०७०), ‘नेपालका भाट जातिको अध्ययन’ (इतिहास–२०६९), ‘दुर्गाबहादुर शाह बाबाः व्यक्तित्व र कृतित्व’ (समालोचना–२०६९), ‘बिस्कुन’ (समालोचना–२०६८), ‘सिलोक बन्दै छन्’ (मुक्तकसङ्ग्रह–२०६७), ‘समसामयिक तीजे गीतसङ्ग्रह’ (२०६७), ‘सङ्घर्षका पाइलाहरू’ (सामाजिक उपन्यास–२०६६), ‘पीपलपाते ओठ’ (लोकदोहोरी एल्बम–२०६१) र ‘चट्टै कम्मरमा’ (लोकदोहोरी एल्बम–२०६०) प्रकाशित छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    नेपाली साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर गरी झण्डै चार दर्जन पुस्तक सम्पादन गरिसकेका उनका राष्ट्रिय–स्थानीय पत्रपत्रिकामा पाँचसय बढी समालोचनात्मक, अनुसन्धानात्मक र फुटकर रचना प्रकाशित छन ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    असफल रूना साहित्य पुरस्कार, सङ्घर्षशील सामाजिक पुरस्कार, अन्तर्राष्ट्रिय स्रष्टा साहित्य चौतारी पुरस्कार, ज्योतिष भविष्यवाणी पत्रकारिता पुरस्कार, राष्ट्रिय लेख प्रतियोगिता प्रथम पुरस्कार, खुला गजल प्रतियोगिता द्वितीय पुरस्कार, राष्ट्रिय निबन्ध प्रतियोगितामा उत्कृष्ट पुरस्कार, उत्कृष्ट मुक्तककार पुरस्कारबाट पुरस्कृत हुनुका साथै झण्डै तीन दर्जन संघसंस्थाबाट विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका निवर्तमान अध्यक्ष उनी सङ्घर्षमा कलम साहित्य समाजका संस्थापक अध्यक्ष हुन् । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनका पूर्व अध्यक्ष उनीसँग आदर्श समाज राष्ट्रिय दैनिकमा ग्राफिक डिजाइनर, रिपोर्टर तथा डेस्क सम्पादक भई काम गरेको अनुभवसमेत छ ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    उनी मानवअधिकार पत्रकार सङ्घ गण्डकीका अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव, डागर स्मृति प्रतिष्ठान नेपालका सचिव, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका कोषाध्यक्ष रहेका छन् ।स्मरण रहोस्, आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कारबाट विभिन्न संघसंस्थामा अक्षयकोष स्थापना गरी शिक्षा, साहित्य र समाजसेवाका क्षेत्रमा सेवा गर्दै आएका असफल ऋषिराम स्मृति कोष, अभिभावक स्मृति कोष र गौरीमाया स्मृति छात्रवृत्ति कोषका संस्थापकसमेत हुन् ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    विस १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपीका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रह (२०२५), ‘परिर्वतन’ (नाटक, २०१०), ‘नयाँ झयाउरे’ (कविता, २०१०) र ‘निर्झर’ (कविता, २०१५) प्रकाशित छन् । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रहलाई नेपाली कविताको विशिष्ट कृति मानिन्छ । उक्त कृतिले २०२६ सालको साझा पुरस्कारसमेत प्राप्त गर्न सफल भएको थियो ।भूपी शेरचनको ९१ औं जयन्ती समारोहबीच यही १० पुसमा पोखरामा भव्य समारोह आयोजना गरी असफललाई पुरस्कार अर्पण गरिने थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनले जानकारी दिए ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    भूपी शेरचनको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित उक्त पुरस्कारबाट यस अगाडि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा, तीर्थ श्रेष्ठ र उषा शेरचन पुरस्कृत भइसकेका छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं