
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक असफल गौतमलाई प्रदान गरिने भएको छ । नेपाली साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने स्रष्टालाई हरेक दुई वर्षमा अर्पण गरिदै आएको पुरस्कारको राशि ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ ।नेपाली साहित्यका क्षेत्रमा भूपीको योगदानलाई चिरस्थायी बनाउन समीक्षा र समालोचनाका माध्यमबाट व्यक्तिगत तथा संस्थागत हिसाबले कलम चलाएर पु¥याएको योगदानको उच्च कदर गर्दै यो वर्ष असफललाई सम्मान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक ई. रुजिन्द्र तुलाचनले जानकारी दिए ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF
पुतलीबजार–७, स्याङ्जामा जन्मेका असफल गौतमका ‘सबैका सारथि संगी’ (जीवनी–२०७७), ‘मानवअधिकार गीत’ (२०७४), ‘सत्तलमा सिर्जना’ (गजलसङग्रह–२०७१), ‘हाइकुः आलेख र अभिलेख’ (इतिहास–२०७०), ‘नेपालका भाट जातिको अध्ययन’ (इतिहास–२०६९), ‘दुर्गाबहादुर शाह बाबाः व्यक्तित्व र कृतित्व’ (समालोचना–२०६९), ‘बिस्कुन’ (समालोचना–२०६८), ‘सिलोक बन्दै छन्’ (मुक्तकसङ्ग्रह–२०६७), ‘समसामयिक तीजे गीतसङ्ग्रह’ (२०६७), ‘सङ्घर्षका पाइलाहरू’ (सामाजिक उपन्यास–२०६६), ‘पीपलपाते ओठ’ (लोकदोहोरी एल्बम–२०६१) र ‘चट्टै कम्मरमा’ (लोकदोहोरी एल्बम–२०६०) प्रकाशित छन् ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF
नेपाली साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर गरी झण्डै चार दर्जन पुस्तक सम्पादन गरिसकेका उनका राष्ट्रिय–स्थानीय पत्रपत्रिकामा पाँचसय बढी समालोचनात्मक, अनुसन्धानात्मक र फुटकर रचना प्रकाशित छन ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF
असफल रूना साहित्य पुरस्कार, सङ्घर्षशील सामाजिक पुरस्कार, अन्तर्राष्ट्रिय स्रष्टा साहित्य चौतारी पुरस्कार, ज्योतिष भविष्यवाणी पत्रकारिता पुरस्कार, राष्ट्रिय लेख प्रतियोगिता प्रथम पुरस्कार, खुला गजल प्रतियोगिता द्वितीय पुरस्कार, राष्ट्रिय निबन्ध प्रतियोगितामा उत्कृष्ट पुरस्कार, उत्कृष्ट मुक्तककार पुरस्कारबाट पुरस्कृत हुनुका साथै झण्डै तीन दर्जन संघसंस्थाबाट विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन् ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF
स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका निवर्तमान अध्यक्ष उनी सङ्घर्षमा कलम साहित्य समाजका संस्थापक अध्यक्ष हुन् । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनका पूर्व अध्यक्ष उनीसँग आदर्श समाज राष्ट्रिय दैनिकमा ग्राफिक डिजाइनर, रिपोर्टर तथा डेस्क सम्पादक भई काम गरेको अनुभवसमेत छ ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF
उनी मानवअधिकार पत्रकार सङ्घ गण्डकीका अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव, डागर स्मृति प्रतिष्ठान नेपालका सचिव, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका कोषाध्यक्ष रहेका छन् ।स्मरण रहोस्, आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कारबाट विभिन्न संघसंस्थामा अक्षयकोष स्थापना गरी शिक्षा, साहित्य र समाजसेवाका क्षेत्रमा सेवा गर्दै आएका असफल ऋषिराम स्मृति कोष, अभिभावक स्मृति कोष र गौरीमाया स्मृति छात्रवृत्ति कोषका संस्थापकसमेत हुन् ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF
विस १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपीका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रह (२०२५), ‘परिर्वतन’ (नाटक, २०१०), ‘नयाँ झयाउरे’ (कविता, २०१०) र ‘निर्झर’ (कविता, २०१५) प्रकाशित छन् । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रहलाई नेपाली कविताको विशिष्ट कृति मानिन्छ । उक्त कृतिले २०२६ सालको साझा पुरस्कारसमेत प्राप्त गर्न सफल भएको थियो ।भूपी शेरचनको ९१ औं जयन्ती समारोहबीच यही १० पुसमा पोखरामा भव्य समारोह आयोजना गरी असफललाई पुरस्कार अर्पण गरिने थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनले जानकारी दिए ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF
भूपी शेरचनको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित उक्त पुरस्कारबाट यस अगाडि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा, तीर्थ श्रेष्ठ र उषा शेरचन पुरस्कृत भइसकेका छन् ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया