SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/७ गते
    १९७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुबले मुलुकमा सुशासन कायम गर्न संचार जगतलाई व्यवस्थित एवम मर्यादितबनाउन पर्ने बताउनुभयो । उहाँले राजनितिक अस्तिरताले नितिगत स्थायित्व नहुने र सरकारका कुनै पनि अंगले राम्रो संग काम गर्न नसक्नेबताउनुभयो । आम संचार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवाला संगछलफल गरेर मात्र विधेयकलाई संसदमा पेश गरिने बताउदै यस्लाई प्रभावकारी बनाउन सबैको सुझाब आवश्यक रहेको बताउनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    नेपाली कांगे्रस कास्कीका सभापति किशोर दत्त बरालले पत्रकारको स्वाभिमान कमजोर हुँदा लोकतन्त्र कमजोर हुने बताउदै लोकतन्त्र बलियो हुन पत्रकार स्वाभिमानी हुनु पर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र कास्कीका इन्चार्ज विश्व प्रकाश लामिछानेले सुशासन र सामाजिक न्यायका लागि पत्रकारिताले कलम चलाउनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवम गण्डकी प्रदेशका प्रेस रजिष्टार बिमला भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सक्रिय आफ्नो नेतृत्वको कार्यसमितिलाई धन्यवाद दिदै नँया कार्यसमितिलाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना दिनुभयो । अध्यक्षका प्रत्यसी राजेन्द्र अधिकारीले वर्तमान कार्यसमितिको सहि निर्णयमा साथ र सर्मथन र गलत निर्णयमा खबरदारी गर्ने बताउनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    नवनिर्वाचित नेपाल पत्रकार महासंघका अध्यक्ष माधाव बरालले अग्रज र सल्लाहकारको साथमा महासंघलाई सबै पत्रकारको साझा संस्था बनाइ महासंघको गरिमा उच्च बनाउन आफु नेतृत्वको कार्यसमिति प्रतिबद्घ भएर काम गर्ने बताउनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    निवार्चन समितिका संयोजक पुण्य पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत निवार्चन समितिका सदस्य रविन्द्र बास्तोला र संचालन अधिवक्ता गोविन्द पौडेलले गर्न भएको थियो । मंसिर २८ गते सम्पन्न भएको निवार्चनमा अध्यक्षमा माधव बराल, उपाध्यक्ष माधव रेग्मी, उपाध्यक्ष महिला कञ्चन थापा, सचिब भुपाल गुरुब सह सचिव मधु अधिकारी, सहसचिव समाबेशी धन बहादुर गुरुब (सुमन), कोषाध्यक्ष राजाराम पौडेल, कार्यसमिति सदस्य अर्जुन गाहा (सुशान्त), गौरव त्रिपाठी, , राजु गिरी, बालकुमारी पौडेल (तारा), सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी, पुष्पराज दाहाल, महिला सदस्यमा कविता घर्तिमगर, दलित सदस्यमा सुरेश सुनार, आदिवासी सदस्यमा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निवाचित भएका हुन ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    निर्वाचित कार्यसमितिले पहिलो वैठक बसी निवार्चन कमिटि सहित निर्वतमान कार्यसमितिलाई धन्यवाद ज्ञापन सहित , यसअघि महासंघको सदस्यता प्राप्त गर्नका लागि सिफरिस भएका १८ जना पत्रकारहरुलाई महासंघको सदस्यताका लागि गण्डकी प्रदेश समिति समक्ष पुनः सिफारिस सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं