SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/७ गते
    २६० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । दुवै मृगौलामा खराबी आएपछि उपचाररत पर्वतको कुश्मा नगरपालिका( ८ चुवाका २५ वर्षिय युवा बिजय भण्डारीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

    रोजगारीको शिलशिलामा अमेरिकामा रहनुभएका चुवाकै स्थानीय तथा समाजसेवी अर्जुन क्षेत्रीको पहलमा संकलन भएको रकम आइतवार पिडितको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

    क्षेत्रीले अमेरिकामा संचालन गरेको सहयोग संकलन अभियानवाट अमेरिकन डलर तीन हजार ८८ अर्थात नेपाली रुपैया ४ लाख १२ हजार ६ सय ५२ रुपैया संकलन भएको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    सोहि रकम नेपाल पत्रकार महासंघ पर्वतद्धारा आयोजित एक कार्यक्रमका बीच कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले पिडित भण्डारीका बाबु शेरबहादुर भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो ।

    रकम हस्तान्तरण गर्दै जोशीले मुटु, मृगौला र क्यान्सरजस्ता रोगहरुको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

    यस्ता रोगको उपचारका लागि ठुलो धनराशी आवश्यक पर्ने भएकाले गरिब तथा असहायका लागि समस्या हुने गरेको उहाँको भनाई छ ।

    विदेशमा रहेर पनि नेपाली दाजुभाईको पिडामा मल्हम लगाउन योगदान गर्नुहुने अर्जुन क्षेत्री लगायत सवैलाई उहाँले धन्यवाद व्यक्त गर्दै नगरपालिकाको तर्फवाट पनि पिडित भण्डारीको उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    समाजसेवी क्षेत्रीले आफुले दुई सय डलर सहयोग गर्नुभएको छ भने अन्य ५५ जना मनकारी व्यक्तिहरुवाट उक्त रकम संकलन गरेर पठाउनुभएको हो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीले मृगौला पिडित भण्डारीको उपचारार्थ सहयोग गर्ने महानुभावको नाम बाचन गरेर सुनाउँदै सम्पुर्ण सहयोगी दाताहरुप्रति आभार व्यक्त गर्नुभयो । गम्भिर रोग लागेका बेला उहाँलाई यस्तै सहयोगदाताहरुको खाँचो रहेको औल्याउँदै सक्दो सहयोग गर्न आव्हान समेत गर्नुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले मृगौला पिडित भण्डारीको उपचारका लागि प्रवासीहरुले संकलन गरेर पठाएको रकम हस्तान्तरण गर्ने पुण्य कार्यमा सहकार्य गर्न पाएकोमा सहयोगदाताप्रति आभार व्यक्त गर्दै सञ्चारकर्मी र सञ्चार माध्यमकै कारण पिडितको उपचार खर्च जुटाउन मद्धत पुगेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि पिडितको उपचारका लागि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै भण्डारीको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    कार्यक्रममा कुश्मा नगरपालिका वडा नं। ८ चुवाका वडा अध्यक्ष सुरेन्द्र केसी, नेपाली काँग्रेस पर्वतका उपसभापति डा। चुडामणी शर्मा, एमाले जिल्ला सदस्य मुगा पोख्रेल लगायत जनप्रतिनिधि, समाजसेवी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    हस्तान्तरण कार्यक्रमको संचालन पत्रकार महासंघ पर्वतका सचिब साजन परियारले गर्नुभएको थियो ।

    पिडित भण्डारीको अहिले पोखरामा उपचार भैरहेको छ । उहाँको यहि पुस १२ गते मृगौला परिवर्तनका लागि शल्यक्रियाको पनि तयारी भैरहेको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं