
१मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
४पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
५मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
६वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
७विद्यालयलाई शैक्षिक सामग्री सहयोग
८जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
९कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
१०सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
११स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पर्वत । दुवै मृगौलामा खराबी आएपछि उपचाररत पर्वतको कुश्मा नगरपालिका( ८ चुवाका २५ वर्षिय युवा बिजय भण्डारीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
रोजगारीको शिलशिलामा अमेरिकामा रहनुभएका चुवाकै स्थानीय तथा समाजसेवी अर्जुन क्षेत्रीको पहलमा संकलन भएको रकम आइतवार पिडितको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
क्षेत्रीले अमेरिकामा संचालन गरेको सहयोग संकलन अभियानवाट अमेरिकन डलर तीन हजार ८८ अर्थात नेपाली रुपैया ४ लाख १२ हजार ६ सय ५२ रुपैया संकलन भएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF
सोहि रकम नेपाल पत्रकार महासंघ पर्वतद्धारा आयोजित एक कार्यक्रमका बीच कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले पिडित भण्डारीका बाबु शेरबहादुर भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण गर्दै जोशीले मुटु, मृगौला र क्यान्सरजस्ता रोगहरुको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
यस्ता रोगको उपचारका लागि ठुलो धनराशी आवश्यक पर्ने भएकाले गरिब तथा असहायका लागि समस्या हुने गरेको उहाँको भनाई छ ।
विदेशमा रहेर पनि नेपाली दाजुभाईको पिडामा मल्हम लगाउन योगदान गर्नुहुने अर्जुन क्षेत्री लगायत सवैलाई उहाँले धन्यवाद व्यक्त गर्दै नगरपालिकाको तर्फवाट पनि पिडित भण्डारीको उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF
समाजसेवी क्षेत्रीले आफुले दुई सय डलर सहयोग गर्नुभएको छ भने अन्य ५५ जना मनकारी व्यक्तिहरुवाट उक्त रकम संकलन गरेर पठाउनुभएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीले मृगौला पिडित भण्डारीको उपचारार्थ सहयोग गर्ने महानुभावको नाम बाचन गरेर सुनाउँदै सम्पुर्ण सहयोगी दाताहरुप्रति आभार व्यक्त गर्नुभयो । गम्भिर रोग लागेका बेला उहाँलाई यस्तै सहयोगदाताहरुको खाँचो रहेको औल्याउँदै सक्दो सहयोग गर्न आव्हान समेत गर्नुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF
पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले मृगौला पिडित भण्डारीको उपचारका लागि प्रवासीहरुले संकलन गरेर पठाएको रकम हस्तान्तरण गर्ने पुण्य कार्यमा सहकार्य गर्न पाएकोमा सहयोगदाताप्रति आभार व्यक्त गर्दै सञ्चारकर्मी र सञ्चार माध्यमकै कारण पिडितको उपचार खर्च जुटाउन मद्धत पुगेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि पिडितको उपचारका लागि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै भण्डारीको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं। ८ चुवाका वडा अध्यक्ष सुरेन्द्र केसी, नेपाली काँग्रेस पर्वतका उपसभापति डा। चुडामणी शर्मा, एमाले जिल्ला सदस्य मुगा पोख्रेल लगायत जनप्रतिनिधि, समाजसेवी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF
हस्तान्तरण कार्यक्रमको संचालन पत्रकार महासंघ पर्वतका सचिब साजन परियारले गर्नुभएको थियो ।
पिडित भण्डारीको अहिले पोखरामा उपचार भैरहेको छ । उहाँको यहि पुस १२ गते मृगौला परिवर्तनका लागि शल्यक्रियाको पनि तयारी भैरहेको छ ।

https://youtu.be/GIWL8V2f_io?si=vOU8wQ9r6Qmki8HF


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया