SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/५ गते
    ३२२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । स्थानीय तहका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरी स्थानीय तहले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कुश्मा नगरपालिकामा यही पुसको २५ गतेदेखि सुरु हुने भएको छ।

    https://youtu.be/qYmb5HdkPhM?si=kv39bf1_IoQ8Wm7r

    कुश्मा नगरपालिकाको तेस्रो संस्करणको यो प्रतियोगिता पुसको २५, २६ र २७ गते बडागाउँमा रहेको खेल मैदान तथा सशस्त्र प्रहरी बलको २५ नम्बर गण चण्डिका पर्वतको खेल मैदानमा आयोजना हुँदै छ। चालु शैक्षिक सत्र २०८१ मा विद्यालयमा अध्ययनरत १८ वर्षसम्मका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याइभलिन थ्रो, कराँते र तेक्वान्दो विद्याभित्रका विभिन्न समूहमा प्रतिस्पर्धा हुँदै हुने छ।

    https://youtu.be/qYmb5HdkPhM?si=kv39bf1_IoQ8Wm7r

    विभिन्न २७ प्रकारका खेलहरूमा छात्र र छात्रातर्फ गरेर कुल ५४ स्वर्ण, ५४ रजत र ५४ कांस्य पदकका लागि विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नुपर्ने छ। जुन विद्यालयले सबैभन्दा बढी स्वर्ण पदक जित्ने छ सोही विद्यालय विजेता बन्ने छ।

    प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीहरूको नामावली सम्बन्धित विद्यालयहरूले पुसको २२ गते अपराह्न चार बजे भित्र कुश्मा नगरपालिकाको शिक्षा शाखामा दर्ता गराइसक्नुपर्ने छ। चालु शैक्षिक सत्रमा माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रूपमा अध्ययनरत साथै विद्यालयको इमिश रेकर्ड अनुसार १८ वर्षभन्दा मुनिका छात्र/छात्राहरू मात्रै प्रतियोगितामा सहभागी हुन पाउने छन्। गैर विद्यार्थी तथा उमेरको सन्दर्भमा दाबी विरोध परी प्रमाणित भएमा सहभागी खेलाडी, विद्यालय र प्रधानाध्यापकलाई अनुशासनको कारबाही गरिने नगर शिक्षा शाखाले बताएको छ।

    https://youtu.be/qYmb5HdkPhM?si=kv39bf1_IoQ8Wm7r

    कुश्मा नगरपालिकाले लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्ने विद्यालयलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा पहिलो संस्करणको रनिङ शिल्ड आयोजना गर्ने बेलामा भइसकेको छ। लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्न सफल हुने विद्यालयले सधैँका लागि ‘शिल्ड’ समेत राख्न दिने कुश्माको निर्णय छ।

    https://youtu.be/qYmb5HdkPhM?si=kv39bf1_IoQ8Wm7r

    पहिलो र दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माध्यमिक विद्यालयले जितेकाले यस वर्षको तेस्रो संस्करण समेत जित्नै पर्ने दबाबमा नारायण मा.वि. छ। प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ९ कांस्य गरी कुल २७ पदक जितेको उक्त विद्यालयले दोस्रो संस्करणमा २३ स्वर्ण, ७ रजत र ८ कांस्य गरी कुल ३८ पदक जितेको थियो।

    https://youtu.be/qYmb5HdkPhM?si=kv39bf1_IoQ8Wm7r

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं