SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/५ गते
    १८३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा।सक्षम, स्वतन्त्र र निस्पक्ष न्यायपालिकाको अवधारणालाई कार्यान्वयन गर्नका लागि न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा पोखरामा शुक्रबार भएको एक कार्यक्रममा कानुनविद्हरुले जोड दिएका छन् ।

    https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18

    न्यायधिश हुनका लागि न्यायिक मन र न्यायिक बिचार बोकेको व्यक्ति हुनुपर्नेमा जोड दिदैँ न्याय परिषद्लाई लोकतान्त्रिक विधि र पद्धति अनुरुप त्यस्ता न्यायधिश सिफारिस गर्न समेत सुझाव दिइएको छ ।

    https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18

    कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन गण्डकी प्रदेशको प्रदेशिक भेलामा बोल्नुहुदै सो संस्थाका केन्द्रिंय अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सिताराम केसीले न्यायलयप्रति जनआस्था घट्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले आगामी चैत महिनामा हुने नेपाल बारको महाधिवेशन र नेपाल कानुन व्यवसायिक परिषद्को निर्वाचनमा डि.एल.ए ले एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

    https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18

    त्यसैगरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराइले नेपाली काँग्रेसकै नेतृत्वमा संविधान आएको र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरुप न्यायपालिकाको साखलाई अगाडि बढाउन अदालत मात्र नभई सो क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।

    https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18

    वरिष्ठ अधिवक्ता एवं गण्डकी प्रदेश पूर्व प्रदेश प्रमुख बाबुराम कुँवरले विधिले शासन गर्ने पद्धति नै लोकतान्त्रिक पद्धति भएकाले समस्याको समाधान पनि लोकतान्त्रिक पद्धतिबाट गर्नुपर्ने भनाई राख्नुभयो ।

    https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18

    उहाँले शान्ति र सुव्यवस्था बिकासका आधार भएकाले यसलाई खलबलाइयो भने बिकासका पूर्वाधारहरु समेत प्रभावित हुुने बताउनुभयो ।त्यसैगरी वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेले सैद्धान्तिक अवधारणा स्पष्ट नभएमा पेशागत संगठनहरुले मुर्तरुप लिन नसक्ने र अराजकता बढ्दै जाने बताउनुभयो ।

    https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18

    वरिष्ठ अधिवक्ता यदुनाथ खनालले न्यायपालिकाप्रति जनतालाई विश्वास दिलाउन कानुन व्यवसायीहरु मात्र नभई नागरिक समाजको पनि भुमिका त्यत्ति नै आवश्यक रहेको बताउनुभयो । उहाँले बारको निर्वाचनको बारेमा बोल्नुहुदै डिएलए एक्लै चुनावमा जानुपर्ने धारणा राख्नुभयो ।

    https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18

     

    वरिष्ठ अधिवत्ता योगेन्द्र अधिकारीले डि.एल.ए जस्ता संगठनहरुलाई राजनीतिक पार्टीहरुको दबाबमा राख्न नहुने बताउनुभयो । संस्थाका अध्यक्ष भुमिश्वर गौतमको अध्यक्षतामा सम्पन्न सो भेलामा वरिष्ठ अधिवत्ताहरु भरतप्रसाद खरेल, मुकुन्द अर्याल, जग्गन्नाथ ढकाल, विष्णु मर्सानी, रोहितराज बास्तोला, राजेश्वर अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदक्त बराल, अग्रज कानुन व्यवसायी रामचन्द्र त्रिपाठी, दयाराम गौतम, कपिलमणी दाहाल, गणेश अधिकारी, कृष्ण तिमिल्सिना, डिएलए कास्की अध्यक्ष कमलापति शर्मा, अधिवक्ताहरु चन्द्रकान्त वाग्ले, प्रवास पराजुली, केशव भट्टराई, कृष्ण गुरुङ, बाबुराम अर्याल लगायतका कानुन व्यवसायीले नेपाल बारको महाधिवेशनको बारेमा बोल्नुहुदै डिएलएले कसैसँग गठबन्धन नगरी निर्वाचनमा जान सुझाव राख्नुभएको थियो ।

    https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं