
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा।सक्षम, स्वतन्त्र र निस्पक्ष न्यायपालिकाको अवधारणालाई कार्यान्वयन गर्नका लागि न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा पोखरामा शुक्रबार भएको एक कार्यक्रममा कानुनविद्हरुले जोड दिएका छन् ।
https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18
न्यायधिश हुनका लागि न्यायिक मन र न्यायिक बिचार बोकेको व्यक्ति हुनुपर्नेमा जोड दिदैँ न्याय परिषद्लाई लोकतान्त्रिक विधि र पद्धति अनुरुप त्यस्ता न्यायधिश सिफारिस गर्न समेत सुझाव दिइएको छ ।
https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18
कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन गण्डकी प्रदेशको प्रदेशिक भेलामा बोल्नुहुदै सो संस्थाका केन्द्रिंय अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सिताराम केसीले न्यायलयप्रति जनआस्था घट्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले आगामी चैत महिनामा हुने नेपाल बारको महाधिवेशन र नेपाल कानुन व्यवसायिक परिषद्को निर्वाचनमा डि.एल.ए ले एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18
त्यसैगरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराइले नेपाली काँग्रेसकै नेतृत्वमा संविधान आएको र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरुप न्यायपालिकाको साखलाई अगाडि बढाउन अदालत मात्र नभई सो क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18
वरिष्ठ अधिवक्ता एवं गण्डकी प्रदेश पूर्व प्रदेश प्रमुख बाबुराम कुँवरले विधिले शासन गर्ने पद्धति नै लोकतान्त्रिक पद्धति भएकाले समस्याको समाधान पनि लोकतान्त्रिक पद्धतिबाट गर्नुपर्ने भनाई राख्नुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18
उहाँले शान्ति र सुव्यवस्था बिकासका आधार भएकाले यसलाई खलबलाइयो भने बिकासका पूर्वाधारहरु समेत प्रभावित हुुने बताउनुभयो ।त्यसैगरी वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेले सैद्धान्तिक अवधारणा स्पष्ट नभएमा पेशागत संगठनहरुले मुर्तरुप लिन नसक्ने र अराजकता बढ्दै जाने बताउनुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18
वरिष्ठ अधिवक्ता यदुनाथ खनालले न्यायपालिकाप्रति जनतालाई विश्वास दिलाउन कानुन व्यवसायीहरु मात्र नभई नागरिक समाजको पनि भुमिका त्यत्ति नै आवश्यक रहेको बताउनुभयो । उहाँले बारको निर्वाचनको बारेमा बोल्नुहुदै डिएलए एक्लै चुनावमा जानुपर्ने धारणा राख्नुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18
वरिष्ठ अधिवत्ता योगेन्द्र अधिकारीले डि.एल.ए जस्ता संगठनहरुलाई राजनीतिक पार्टीहरुको दबाबमा राख्न नहुने बताउनुभयो । संस्थाका अध्यक्ष भुमिश्वर गौतमको अध्यक्षतामा सम्पन्न सो भेलामा वरिष्ठ अधिवत्ताहरु भरतप्रसाद खरेल, मुकुन्द अर्याल, जग्गन्नाथ ढकाल, विष्णु मर्सानी, रोहितराज बास्तोला, राजेश्वर अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदक्त बराल, अग्रज कानुन व्यवसायी रामचन्द्र त्रिपाठी, दयाराम गौतम, कपिलमणी दाहाल, गणेश अधिकारी, कृष्ण तिमिल्सिना, डिएलए कास्की अध्यक्ष कमलापति शर्मा, अधिवक्ताहरु चन्द्रकान्त वाग्ले, प्रवास पराजुली, केशव भट्टराई, कृष्ण गुरुङ, बाबुराम अर्याल लगायतका कानुन व्यवसायीले नेपाल बारको महाधिवेशनको बारेमा बोल्नुहुदै डिएलएले कसैसँग गठबन्धन नगरी निर्वाचनमा जान सुझाव राख्नुभएको थियो ।
https://youtu.be/qYmb5HdkPhM?si=LF_BdgHz6QOdzD18


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया