
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालमा अनुसन्धानको वातावरण (इकोसिस्टम)लाई सुदृढ बनाउनु आजको प्रमुख आवश्यकता भएको बताएकी छिन्।
https://youtu.be/qYmb5HdkPhM?si=928T_R5YDuDmsrHV
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भट्टराईले अत्याधुनिक प्रयोगशालाहरूमा लगानी गर्न प्राथमिकता दिनुपर्ने बताइन्। उनले अनुसन्धान परियोजनाका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने र नेपाली वैज्ञानिकहरूको विश्वव्यापी ज्ञान र सञ्जालमा पहुँच बढाउनुपर्ने आवश्यकता औंल्याइन्।
https://youtu.be/qYmb5HdkPhM?si=928T_R5YDuDmsrHV
उनले स्वदेशी प्रविधिको आधुनिकीकरण र दिगो विकासका सम्भावनालाई उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै नवप्रवर्तनको संस्कृतिलाई प्रोत्साहन गर्न युवालाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्ने बताइन्।
https://youtu.be/qYmb5HdkPhM?si=928T_R5YDuDmsrHV
मन्त्री भट्टराईले विद्यालयस्तरमै विज्ञान शिक्षा, हातको काममार्फत सिकाइ, आलोचनात्मक सोच, उद्यमशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको बताइन्।‘हामीसँग रहेको इन्जिनियरिङ ज्ञानलाई विज्ञानसँग जोडेर नयाँ अवसर सिर्जना गर्न आवश्यक छ।’ उनले भनिन्।उनले युवाहरूको आविष्कार र नवप्रवर्तनमा आधारित भविष्यले मात्र राष्ट्रलाई दिगो विकासको मार्गमा डो-याउन सक्ने धारणा राखिन्।
https://youtu.be/qYmb5HdkPhM?si=928T_R5YDuDmsrHV
















