SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/४ गते
    १६१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ मा रहेका धार्मिक ऐतिहासिक कान्छी बराह मन्दिरको प्रवद्र्धनको लागि हाइकिङ कार्यक्रमको आयोजना गरिएको छ ।गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीको विशेष उपस्थिति रहेको उक्त हाइकिङमा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा हाइकर्स क्लबले उदाहरणिय कार्य गरेको वताउँदै समय मिलेसम्म आफु सहभागी हुने वताए । साथै उनले हाइकिङ कार्यक्रमलाई सहयोग पुग्ने गरी राज्यले निति ल्याउनु पर्ने वताउँदै आफुले निति तथा कार्यक्रम निर्माण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    https://youtu.be/GIWL8V2f_io?si=oX0RMU1qPdOrG3uy

    पितम देउराली आमा समुहले हाइकिङमा सहभागिलाई फुलको गुच्छाले स्वागत गर्दै स्थानिय कला सस्कृति प्रस्तुत गरी साँस्कृतिक कार्यक्रम देखाएका थिए । हाइकर्स टोली लाई स्थानिय समाजसेवी तथा कृषि फर्म संचालक कमल गुरुङले कान्छी वराहदेखि पितम देउरालीसम्म साथ दिएका थिए ।

    https://youtu.be/GIWL8V2f_io?si=oX0RMU1qPdOrG3uy

    उक्त स्थानमा व्यवसाय गरेकी डबल फरेष्ट रेष्टुरेष्ट तथा लजकी संचालिका सन्जु आचार्य पौडेलले पर्यटन प्रवद्र्धनको उद्धेश्य वोकेर आएको हाइकिङको समुहलाई खानामा विषेश छुट दिएकी थिइन भन पितम देउरालीमा खानेपानी २० किमी टाडाबाट ल्याएको कारण रिर्जव टंकी निर्माण गर्न, पैदल यात्रीलाई १२ महिना हिड्न सहज हुने सिंडी बाटो निर्माण गर्न तथा हाइकिङ तथा ट्रेकिङमा आउने पर्यटकको लागि फोहर फ्याक्ने डस्विन ठाउँठाउँमा राख्न स्थानिय सरकारसंग माग गरेकी छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=oX0RMU1qPdOrG3uy

    सो अवसरमा पोखरा १७ को पुल्चोक क्लबका अध्यक्ष सुरज खवास, क्लबकी सल्लाहकार जुना गुरुङ, अभिवक्ता राजेन्द्र वस्याल, पत्रकारहरु नविन क्षेत्री र सुरज वरायली, समाजसेवी सितला थापा, वसन्त वञ्जरा, पुर्व प्रनि पुष्पकमल श्रेष्ठ, व्यवसायी देवी गुरुङ, गृहणी शुशिला रानाभाट, सर्मिला रानाभाट, विद्यार्थी तपस्या रानाभाटलगायत ३५ जनाको सहभागिता रहेको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=oX0RMU1qPdOrG3uy

    काठमाण्डौ घर भइ पोखरामा पर्यटन क्षेत्रमा कार्यरत पहिलो पटक हाइकिङमा सहभागि गायत्री खनालले हाइकिङको नारा जस्तै काम रहेका वताउँदै यो कार्यक्रम निरन्तर अगाडि वढाउन सुझाव दिएकी थिइन् ।

    https://youtu.be/GIWL8V2f_io?si=oX0RMU1qPdOrG3uy

    स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार पोखरा आसपासका पर्यटकीय गन्तव्यहरुलाई जोडेर हाइकिङ कार्यक्रम गर्दै आएको हाइकर्स क्लब नेपालले नियमित श्रृङ्खला अन्तरगत ५३ औं भागको हाइकिङ कान्छी बराहमा गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताए ।

    https://youtu.be/GIWL8V2f_io?si=oX0RMU1qPdOrG3uy

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं