
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले पर्यटन क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि सरकार र सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
“पर्यटन व्यवसायीले कति कमाउँछ भन्नेमा चासो जति छ,त्यति नै पोखरामा पर्यटन कति आए र यसलाई अझ कसरी बढाउन सकिन्छ भन्ने विषयमा विशेष ध्यान दिन जरुरी छ ।“ उनले थपे “पर्यटन क्षेत्रमा आर्थिक कारण र चेतनाका कारण देखिएका समस्या समाधानमा ध्यान दिनु अत्यावश्यक छ।“
उनले अन्तर्राष्ट्रिय विमानस्थल उडानको ढिलाइको विषयमा सरकारको सिस्टममा कमजोरी भएको स्वीकार गरे । अध्यक्ष दाहालले चेतनाको कमीले यी समस्याहरू उत्पन्न भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको लागि पहल गरिरहने बताए ।यसअघि टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले रोजगारको ठूलो सम्भावना भएको पदयात्रा पर्यटनमा समन्वय र सहकार्यको खाँचो देखाउँदै टान गण्डकी सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । नेपालको पदयात्रा पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको बताउँदै आचार्यले पर्यटन व्यवसायमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्न अध्यक्ष दाहाल आग्रह गरेका थिए ।
टान गण्डकीले बुझाएको १२ बुँदे ध्यानाकर्षण पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यथाशीघ्र अन्तर्राष्ट्रिय उडान गर्न, काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्गको तत्काल स्तरोन्नति गर्न, जथाभाबी मोटरबाटो निर्माणका कारण पदयात्रा क्षेत्रमा असर परेकोले विश्वप्रसिद्ध पदमार्गहरू लोप हुँदै जानु र पदयात्रा पर्यटनमा कमजोरी ल्याउन थालेको भन्दै नयाँ पदमार्गको खोज, प्रवद्र्धन तथा संरक्षणमा सरकारले ध्यान पु¥याईदिन उल्लेख गरिएको छ ।
यसका साथै, निषेधित क्षेत्रमा १ जनाले पनि यात्रा गर्न मिल्ने व्यवस्था गर्न, स्थानीय निकायले पालिका प्रवेश गर्दा विदेशी र आन्तरिक पर्यटकबाट शुल्क लिने निर्णय रोक्न, अवैध रूपमा सञ्चालन हुने पदयात्रा रोकेर कडा कारवाही गर्न, टिम्स चेकपोस्ट पुनः सञ्चालन गर्न, र पर्यटन क्षेत्रमा प्रभावकारी रूपमा गाइड वा सहयोगी नपरी यात्रा गर्न नपाउने नीतिलाई पनि थप मजबुतीकरण गर्नुपर्नेमा टानको आग्रह छ ।
संघीय संरचनामा समन्वयको अभावलाई सम्बोधन गर्न एकद्वार प्रणाली लागू गर्न, पर्यटन नीति तथा कानुनलाई समयसापेक्ष परिमार्जन गर्न र गण्डकी प्रदेशमै कम्पनी रजिष्ट्रारको कार्यालय स्थापना गरेर दर्ता प्रक्रिया सहज बनाउन समेत टानले ध्यानाकर्षण पत्रमार्फत जानकारी गराएको छ ।धवलागिरी क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा घोषणा गर्दै क्याम्पिङ ट्रेकिङको प्रवद्र्धन गर्न समेत टानको जोेड छ ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया