SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/४ गते
    २४२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको पाँच महिनामा ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।गत साउनदेखि मङ्सिरसम्मको अवधिमा नौजना महिला र ४५ जना पुरुष गरेर ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेर अदालतमा पेस गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार उनीहरू विभिन्न १३ प्रकारका मुद्दाका शीर्षकमा पक्राउ परेका हुन्।

    उनीहरू चेक अनादरमा छ महिला र १६ पुरुष गरी २२ जना, जबरजस्ती करणीमा एक जना, भ्रष्टाचारमा एक महिला र एक पुरुष गरी दुई जना, अभद्र व्यवहारमा चार जना, ज्यान चोरीमा एक जना, सार्वजनिक अपराधमा नौ जना, बैङ्किङ कसुरमा एक महिला र एक पुरुष गरी दुई जना पक्राउ परेका छन्।

    यस्तै लागु औषध मुद्दामा तीन जना, सवारी ज्यानमा तीन जना, चोरीमा एक महिला र दुई पुरुष गरी तीन जना, पशु सम्बन्धी मुद्दामा दुई जना, लेनदेनमा एक जना र नागरिकता कृतेमा एक जना पक्राउ परेका छन्।सबैभन्दा लामो समय २८ वर्षअघि २०५३ सालमा अदालतले फैसला सुनाएकोमा उक्त फैसलाको कार्यान्वयन नगरी फरार रहेका प्रतिवादी समेत यही क्रममा पक्राउ परेका छन्। पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि पर्वत जिल्ला अदालतमा पेस गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरूबाट खटिएका प्रहरी टोलीहरू फरार प्रतिवादीहरूको खोजतलासमा लागेर फैसला कार्यान्वयनका लागि प्रतिबद्ध रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टले बताए।

    पर्वत जिल्ला अदालत तथा अन्य अदालतबाट फैसला बमोजिम आर्थिक वर्ष २०८१/०८२ को लगत जिम्मेवारी सरी आई दण्ड, जरिवाना, सरकारी बिगो बाँकी बक्यौता र कैद लगत भएका फरार प्रतिवादीहरूलाई खोज्ने र लगत कट्टाको लागि अदालतमा पेस गर्ने क्रम चलिरहेको उनको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं