SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/३ गते
    २२३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन् । गण्डकी विश्वविद्यालयद्वारा पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ्ग शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै उनले यस प्रकारको प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

    https://youtu.be/GIWL8V2f_io?si=rOloBbDa2T9BTUM5

    विश्वविद्यालयले खेलकुदको शिक्षा संगै विद्यार्थीहरुको बहुआयामिक विकासमा समेत उत्तिकै भूमिका खेलेको बताउँदै मन्त्री थापाले भने–“प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना हुनु पर्छ भनेर नै विश्वविद्यालय स्थापना भएको हो । शिक्षाको क्षेत्रमा सरकारको प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्य स्वरुप अगाडि बढिरहेका छौं ।”

    https://youtu.be/GIWL8V2f_io?si=rOloBbDa2T9BTUM5

    पोखरा आफैमा पर्यटकिय संगै खेलकुदको गन्तव्य रहेको जनाउँदै मन्त्री थापाले विश्वविद्यालयले खेलकुदको पाठ्यक्रमलाई जोडेर खेलकुद कार्यक्रम आयोजना गर्नु खुसीको विषय रहेको बताए । उनले खेलकुदले विद्यार्थीहरुको स्वस्थ मनोभावना जागृत गर्न समेत भूमिका रहने उल्लेख गरे ।

    https://youtu.be/GIWL8V2f_io?si=rOloBbDa2T9BTUM5

    दोस्रो संस्करणको कुलपति रनिङ्ग शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधि पोखरा १४ स्थित शहिद स्मृति माविले जितेको छ । फाइनल खेलमा स्टेप वाई स्टेप माविलाई टाइव्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै शहिद स्मृतिले नगद १ लाखका साथमा रनिङ शिल्ड उचालेको छ भने उपविजेता बन्न सफल स्टेप वाई स्टेपले नगद रु ५० हजार प्राप्त गरेको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=rOloBbDa2T9BTUM5

    एक साता सम्म सञ्चालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी शहिद स्मृतिका गोल रक्षक केश बहादुर रोक्का मगर बनेका छन् । उनले ट्रफीसहित नगद १५ हजार प्राप्त गरे । यस अघि ४०–४० मिनेट खेलाइएको रोमाञ्चपूर्ण खेलमा शहिद स्मृति र स्टेप वाई स्टेपले २–२ गोल गरे पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०–१० मिनेट थप गरिएको खेलमा समेत गोल हुन नसके पछि खेल टाइव्रेकरमा धकेलिएको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=rOloBbDa2T9BTUM5

    निर्धारित समयको सातौं मिनेटमा सरुन सुनारले गोल गर्दै शहिद स्मृतिका लागि गोलको खाता खोले पनि २७ औं मिनेटमा स्टेपवाई स्टेपका लागि निराजन मगरले गोल गर्दै बरावरी गरे । शहिदस्मृतीका लागि केश बहादुर रोक्का मगरले ४७औं मिनेटमा गोल गर्दै पुनः टिमलाई २–१ ले अग्रता दिए । खेलको ६१ औं मिनेटमा स्टेप वाई स्टेपका अवन राना दोहोरो ऐलो कार्ड खाँदै मैदानबाट बाहिरिए । १० जना खेलाडीमा खुम्चिएको स्टेपबाई स्टेपले दोस्रो हाफको इन्जिुरी समयमा किपरको गल्तीको फाइदा उठाउँदै जवाफी गोल फर्कायो । टिमका लागि कुन्ज पौडेलले गोल गरे ।

    https://youtu.be/GIWL8V2f_io?si=rOloBbDa2T9BTUM5

    गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा विश्वविद्यालय उपकुलपति प्रा.डा. नवराज देवकोटाले समेत आफ्ना भनाई राखेका थिए ।प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई कुलपति प्रा.डा. गुरुङ, उपकुलपति प्रा.डा देवकोटा, विश्वविद्यालयका रजिस्टार डा.कैलाश तिमिल्सिना, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा २३ विद्यालयको सहभागिता रहेको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=rOloBbDa2T9BTUM5

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं