SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२ गते
    १८७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दैै उनले कसैले धुपबत्ति गरेर सरकार नढल्ने बताएका हुन् ।

    उनले अहिले केही मान्छेहरुले भारतीय गुप्तचार संस्था ‘रअ’ का फेक पात्र सिर्जना गरेर सरकार ढल्न लागेको प्रचार गरिरहेको बताए । ती मान्छेहरुले नेपालको सरकार ६/६ महिनामा ढलोस् भन्ने चाहेको उनको भनाइ छ । त्यस्ता मान्छेहरुको प्रयासले वर्तमान सरकार नढल्ने उनको दाबी छ । उनले भने,‘ तिनले कुनै धुपबत्ति नगरे हुन्छ ।’

    साथै, प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी भइरहेको पनि उनले बताए । उनले यही पुसको अन्तिम साता प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमण भएन, चीन भ्रमण भयो । अब सरकार ढल्ने भयो भनेर गोखरधन्दा गर्नेहरुको एउटा पंत्ति काठमाडौंमा जिविका गरिरहेको थियो । तिनीहरुले कान खोलेर सुने हुन्छ, थाहा पाए हुन्छ, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अगाडि बढेको छ । पुसको अन्तिम हप्ता उहाँ भारत भ्रमणमा जाने प्रक्रिया अगाडि बढेको छ,’– उनले भने ।

    त्यस्तै, प्रधानमन्त्री ओलीले चीन, भारत, अमेरिक जहाँ गएपनि नेपाल कार्ड प्रयोग गर्ने र देशको हित हुने काम गर्ने उनले बताए । ‘चाइना कार्ड प्रचण्डजीको हो । केपी शर्मा ओलीजीले चीन जाँदा पनि र भारत जाँदा पनि नेपाल कार्ड, युएन जाँदा पनि, अमेरिका जाँदा पनि उहाँले नेपाल कार्ड प्रयोग गर्नुहुन्छ । नेपालको हितमा नहुने कुनै पनि काम गर्नुहुन्न । नेपालको हितमा हुने जुनसुकै कामका लागि उहाँ आँखामा आँखा जुधाएर छलफल गर्न उहाँ तयार हुनुहुन्छ ,’– उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं