SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/३० गते
    २३६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत मोदी गाउँ पालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । मङ्सिर २५ गते देखि शुरू भएको सो प्रतियोगिता पाँच दिन सम्म सञ्चालन भएको थियो ।

    प्रतियोगितामा १२ स्वर्ण ७ रजत र ४ कास्य पदक सहित कुल २३ पदक प्राप्त गरी नव जागृत मावि तिलाहारले प्रथम स्थान हासिल गर्दै शिल्ड प्राप्त गर्न सफल भएको छ । यो उपाधि सहित लगातार तीन ओटा संस्करण जितेर नवजागृत माविले एक लाख रुपैयाँ र शिल्ड हात पारेको हो ।

    त्यसै गरी नव ज्योति थम मावि भुक १ सेराबेंशीले ८ स्वर्ण , ३ रजत, र ४ कास्य पदक गरी कुल १५ पदक सहित दोस्रो स्थान हासिल गरेको छ भने सरस्वती मावि बाजुङले ३ स्वर्ण , ९ रजत र ३ कास्य पदक गरी कुल १५ पदक प्राप्त गरी तेस्रो भएको छ ।

    उक्त प्रतियोगितामा पशुपति मावि राम्जा ३ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल १७ पदक सहित चौंथो स्थान ओगटेको छ भने भुक देउराली माविले ३ स्वर्ण ३ रजत र २ कास्य गरी कुल ८ पदक सहित पाँचौं स्थान हासिल गरेको छ । त्यसैगरी जनसिद्द मावि चित्रेले १ स्वर्ण, २ कास्य गरी कुल ३ पदक सहित छैटौं स्थानमा रहेको छ ।

    त्यसैगरी सालिजा मावि क्याङले १ रजत र १ कास्य, बाजुङ आधारभूत विद्यालय क्याङ्ले १ रजत र १ कास्य , हिमालय मावि देउरालीले ३ कास्य, महेन्द्र शिखरी मावि बाजुङले १ कास्य र देउपुर नमुना आबासीय माविले १ कास्य पदक प्राप्त गरेका छन् ।

    उक्त प्रतियोगितामा देउपुरको जननेत्र मावि, तिलाहार गिज्यानको तुलोदय मावि, भुकको भवानी आवि र तिलाहार डिमुवाकाे पञ्चासे सिद्धबाबा आबि पदक विहिन बन्न पुगेका छन् । ३० स्वर्ण, ३० रजत र ३० कास्य गरी कुल ९० पदकका लागि भएको प्रतियोगितामा सहभागी १५ ओटा स्कूलहरु मध्ये चार ओटा स्कूलले कुनै पनि पदक प्राप्त गर्न नसकेका हुन् ।

    सो प्रतियोगितामा मार्शल आर्ट तर्फका तेक्वान्दो र कराँतेका खेलहरु खेलाइए पनि चार भन्दा कम विद्यालय सहभागी भएको कारण पदकमा भने समावेश गरिएको थिएन ।

    प्रतियोगितामा नव जागृत माविकी सजिना लामिछानेले दुई व्यक्तिगत स्वर्ण र तीन समुहगत स्वर्ण हासिल गर्न सफल भएकी छिन् । उनले व्यक्तिगत तर्फ १५ सय मिटर र ३ हजार मिटर दौडमा दुई स्वर्ण दिलाउन सफल भइन् ।

    सोही विद्यालयका मुलुक सिंह क्षेत्रीले दुई स्वर्ण जित्न सफल भए । उनले १५ सय मिटर र ३ हजार मिटरको दौडमा स्वर्ण पदक प्राप्त गरेका हुन ।

    चार दिनको लागि तय गरिएको प्रतियोगिता खेल नसकिए पछि एक दिन थप गरी शनिबार सम्म लम्ब्याइएको थियो । शनिबार छात्र तर्फको ज्याभलिन् थ्रो, छात्र र छात्रा भलिबलका फाइनल खेल सञ्चालन भएका थिए । छात्र भलिबल तर्फको उपाधि भुक देउराली माविले जितेको छ भने छात्रा तर्फ भलिबलकाे उपाधि नव जागृत माविले हात पारेको छ ।

    जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो । गाउँ पालिकाभित्रका सबै १२ ओटा मावि र तीन ओटा आधारभूत विद्यालयका सयौं विद्यार्थीहरु विभिन्न विधाहरूमा रोचक प्रतिस्पर्धा गरे । खेलकै लागि भनेर गाउँ पालिकाले सम्पूर्ण विद्यालयहरूमा चार दिन सट्टा बिदाको व्यवस्था गरेको थियो । खेलाडीहरुलाई हौसला दिन शिक्षक, विद्यार्थी, अभिभावकहरु खेल मैदान पुगेका थिए

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं