
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । मङ्सिर २५ गते देखि शुरू भएको सो प्रतियोगिता पाँच दिन सम्म सञ्चालन भएको थियो ।
प्रतियोगितामा १२ स्वर्ण ७ रजत र ४ कास्य पदक सहित कुल २३ पदक प्राप्त गरी नव जागृत मावि तिलाहारले प्रथम स्थान हासिल गर्दै शिल्ड प्राप्त गर्न सफल भएको छ । यो उपाधि सहित लगातार तीन ओटा संस्करण जितेर नवजागृत माविले एक लाख रुपैयाँ र शिल्ड हात पारेको हो ।
त्यसै गरी नव ज्योति थम मावि भुक १ सेराबेंशीले ८ स्वर्ण , ३ रजत, र ४ कास्य पदक गरी कुल १५ पदक सहित दोस्रो स्थान हासिल गरेको छ भने सरस्वती मावि बाजुङले ३ स्वर्ण , ९ रजत र ३ कास्य पदक गरी कुल १५ पदक प्राप्त गरी तेस्रो भएको छ ।
उक्त प्रतियोगितामा पशुपति मावि राम्जा ३ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल १७ पदक सहित चौंथो स्थान ओगटेको छ भने भुक देउराली माविले ३ स्वर्ण ३ रजत र २ कास्य गरी कुल ८ पदक सहित पाँचौं स्थान हासिल गरेको छ । त्यसैगरी जनसिद्द मावि चित्रेले १ स्वर्ण, २ कास्य गरी कुल ३ पदक सहित छैटौं स्थानमा रहेको छ ।
त्यसैगरी सालिजा मावि क्याङले १ रजत र १ कास्य, बाजुङ आधारभूत विद्यालय क्याङ्ले १ रजत र १ कास्य , हिमालय मावि देउरालीले ३ कास्य, महेन्द्र शिखरी मावि बाजुङले १ कास्य र देउपुर नमुना आबासीय माविले १ कास्य पदक प्राप्त गरेका छन् ।
उक्त प्रतियोगितामा देउपुरको जननेत्र मावि, तिलाहार गिज्यानको तुलोदय मावि, भुकको भवानी आवि र तिलाहार डिमुवाकाे पञ्चासे सिद्धबाबा आबि पदक विहिन बन्न पुगेका छन् । ३० स्वर्ण, ३० रजत र ३० कास्य गरी कुल ९० पदकका लागि भएको प्रतियोगितामा सहभागी १५ ओटा स्कूलहरु मध्ये चार ओटा स्कूलले कुनै पनि पदक प्राप्त गर्न नसकेका हुन् ।
सो प्रतियोगितामा मार्शल आर्ट तर्फका तेक्वान्दो र कराँतेका खेलहरु खेलाइए पनि चार भन्दा कम विद्यालय सहभागी भएको कारण पदकमा भने समावेश गरिएको थिएन ।
प्रतियोगितामा नव जागृत माविकी सजिना लामिछानेले दुई व्यक्तिगत स्वर्ण र तीन समुहगत स्वर्ण हासिल गर्न सफल भएकी छिन् । उनले व्यक्तिगत तर्फ १५ सय मिटर र ३ हजार मिटर दौडमा दुई स्वर्ण दिलाउन सफल भइन् ।
सोही विद्यालयका मुलुक सिंह क्षेत्रीले दुई स्वर्ण जित्न सफल भए । उनले १५ सय मिटर र ३ हजार मिटरको दौडमा स्वर्ण पदक प्राप्त गरेका हुन ।
चार दिनको लागि तय गरिएको प्रतियोगिता खेल नसकिए पछि एक दिन थप गरी शनिबार सम्म लम्ब्याइएको थियो । शनिबार छात्र तर्फको ज्याभलिन् थ्रो, छात्र र छात्रा भलिबलका फाइनल खेल सञ्चालन भएका थिए । छात्र भलिबल तर्फको उपाधि भुक देउराली माविले जितेको छ भने छात्रा तर्फ भलिबलकाे उपाधि नव जागृत माविले हात पारेको छ ।
जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो । गाउँ पालिकाभित्रका सबै १२ ओटा मावि र तीन ओटा आधारभूत विद्यालयका सयौं विद्यार्थीहरु विभिन्न विधाहरूमा रोचक प्रतिस्पर्धा गरे । खेलकै लागि भनेर गाउँ पालिकाले सम्पूर्ण विद्यालयहरूमा चार दिन सट्टा बिदाको व्यवस्था गरेको थियो । खेलाडीहरुलाई हौसला दिन शिक्षक, विद्यार्थी, अभिभावकहरु खेल मैदान पुगेका थिए


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया