SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/३० गते
    १८४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो डिष्ट्रिक क्याविनेट मिटिङ शनिबार पर्वतको कुश्मामा सम्पन्न भएको छ ।

    पर्वत सदरमुकाममा १३ वर्षपछि लायन्सको क्याबिनेट बैठक आयोजना गरिएको हो ।
    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको अध्यक्षता राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यता, लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालको बिशेष उपस्थितिमा सम्पन्न मिटिङमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, मन बहादुर रोका, इन्दु लम्साल लगाएत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    कार्यक्रममा सम्वोधन गर्दै राष्ट्रिय सभाका पूर्व अध्यक्ष तिमिल्सिनाले यो मुलुकको विकासका लागि सामाजिक संघ संस्थाहरुको पनि महत्वपुणर् भूमिका रहेको बताउनुभयो । उहाँले लायन्स क्लबले गर्दै आएका रचनात्मक कामको प्रसंसा समेत गर्नुभएको छ ।

    शुक्रवार र शनिवार गरी दुई दिनसम्म संचालन भएको मिटिङमा क्लबका सम्पादन गरेको कामका आधारमा विभिन्न क्लबका अध्यक्षलगाएत डिष्ट्रिक्टको क्याविनेटमा रहेका नेताहरुलाई सम्मान गरिएको थियो ।

    पर्वतमा क्रियाशील ४ वटा लायन्स क्लबहरुको संयुक्त व्यवस्थापनमा सम्पन्न मिटिङको लागि डिष्ट्रिक्ट को-अर्डिनेटर अर्जुन पौडेल’निर्जन’ लाई मूल आयोजक समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो भने लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, पर्वत भूमेकोट, पर्वत गुप्तेश्वर मोदी र पर्वत सारथीको संयुक्त आयोजनामा स्थानीय व्यवस्थापन मिलाईएको थियो ।
    पहिलो दिनको क्याबिनेट बैठक एलसीआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य मनरुपा शर्माले पनि सम्वोधन गर्नुभएको थियो ।

    देशभरीका लायन्स कर्मी सहभागि कार्यक्रमले जिल्लाका पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुगेको छ । दुई दिनको अवधिमा झण्डै ७० लाख रुपैयाको कारोबार भएको आयोजकको अनुमान रहेको छ ।

    समापन अवसर आयोजकको तर्फबाट मिटिङ सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग पुर्राएका संघसंस्थालाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं