SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२६ गते
    २३२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । दयाहाङ राई अभिनित फिल्म ‘कार्साङ’ २६ पुसमा देशव्यापी प्रदर्शन तयारीमा छ । फिल्ममा राई शेर्पा समुदायको व्यक्तिको भूमिकामा छन् । दयाहाङको चरित्रमार्फत उक्त समुदायको संस्कृति, आञ्चकलिता र परिवेशलाई बुझ्न सजिलो हुने अपेक्षा दर्शकको छ ।

    केही दिन अगाडि सार्वजनिक टिजरले पनि चरित्र चित्रण र सन्दर्भलाई गजबले प्रस्तुत गरेको छ । फिल्ममा दयाहाङले शेर्पा समुदायका झाँक्रीको भूमिका निर्वाह गरेका छन् । आर्थिक रूपमा विपन्न पात्र जसको सपना परिवारको सपना पूरा गर्नु हुन्छ । विपन्नताका कारण उसले परिवार र समाजसँग संघर्ष गर्नुपर्छ ।फिल्मको निर्देशन याम शेर्पाले गरेका हुन् । टिजरबाट फिल्मले उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको निर्देशक शेर्पाले बताए । ‘दर्शक फिल्ममा शेर्पा समुदायको कथा हेर्न पाइने भयो भनेर उत्सुक छन्’ शेर्पाले भने ।

    फिल्ममा जितु नेपालका श्रीमान् श्रीमतीको सन्तान नहुँदाको तनावसम्म समेटिएको छ । सरसापटीले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगा लगाउन चाहने सन्तानको सपना पुरा गर्न नसक्ने चरम गरिबीको कथा यसमा छ ।

    निर्देशक स्वयंले लेखेको फिल्ममा डेब्यु अभिनेत्री सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्यदीप गौतम, विमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पाको अभिनय देख्न सकिन्छ । यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रधान नै छायाकार हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं