SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२५ गते
    १६३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा (मेरिटोरेसी) लागू हुनुपर्ने कांग्रेसको धारणा रहेको बताएका छन् ।

    प्राज्ञ समूहद्वाराआज काठमाडौंमा आयोजित “प्राज्ञिक विमर्श ” कार्यक्रममा नेता महरले सबै विश्वविद्यालय र प्रतिष्ठानमा मेरिटोक्रेसी लागू हुनुपर्नेमा जोड दिएका हुन् । उनले भने, “व्यक्तिगत रुपमा पनि मैले डेढ दशकदेखि मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुनुपर्ने आवाज उठाउँदै आएको छु । विश्वविद्यालयकोश्वायत्तता र गरिमा बढाउने पक्षमा दृढतापूर्वक नेपाली कांग्रेस उभिँदै आएकोछ ।” शिक्षाको उन्नयनका लागि कांग्रेसले देशब्यापी रुपमा ‘शिक्षा नीति बहस अभियान ‘ संचालन गरेको महरको भनाई थियो ।

    त्रिभुवन विश्वविद्यालय मात्र नभइ नेपालका सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुँदा उच्च शिक्षालाई विश्व प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सकिने नेता महरकोभनाइ छ ।

    त्रिभुवन विश्वविद्यालय लगायतमा पदाधिकारी नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइप्रति इंगित गर्दै उनले भने, “विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा मेरिटोरेसीलाई हात्तीकोदेखाउने दाँत मात्र नबनाइ यसको ध्येय पूरा गर्न सरकार र विश्वविद्यालयका पदाधिकारी गम्भीर हुनुपर्छ।”
    यस्तै महरले त्रिविको १४ सय रोपनी जग्गा हिनामिनामा संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं