SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१९ गते
    १६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको लडाईँ जारी नै रहेको बताएका छन् । आज (बुधबार) गणतन्त्र सेनानी कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा नयाँ क्रान्ति आवश्यक रहेको र आफूहरु निरन्तर लडाईँमै रहेको बताएका हुन् । देशलाई प्रतिगमनतिर लाने र जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त उपलब्धी जोगाउन आफूहरु लडाइँमै रहेको बताए ।

    ‘हाम्रो लडाईँ टुङ्गिएको छैन, जारी नै छ । हामी जतिबेला जनयुद्धको उत्कर्षमा जाँदै थियौं, अहिले प्रमुख भनिएका पार्टीहरु नै सरकारमा थिए । हामी क्रान्ति, विद्रोहमा थियौं । उनीहरु सत्तापक्ष थिए, हामी विद्रोहीपक्षमा थियो । अहिले घुम्दैफिर्र्दै परिस्थिति त्यही दिशामा जाँदैछ,’– उनले भने ।

    साथै, उनले अब माओवादीले कसैको वैशाखी नटेकी अगाडि बढ्ने उद्घोष गरे । उनले माओवादी अब आफ्नै खुट्टामा उभिएर अगाडि बढ्ने बताए । माओवादीलाई अपमानित गर्न खोज्ने प्रवृत्तिको विरुद्धमा लडाईँ लडिराख्ने उनले बताए । ‘म त आफ्नो बाटो लागिसकेँ । माओवादीले अब कसैको वैशाखी टेक्दैन । माओवादीले अब आफ्नै खुट्टामा उभिएर लड्छ । माओवादीलाई अपमानित गर्न खोज्ने सबै प्रवृत्तिको विरुद्ध हामी लडाइँ लड्छौं,’– उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं