SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१० गते
    १७९ &#२३४६;&#२३३५;&#२३२५;

    हेमजा । माछापुच्छ्रे गाउँपालिकाको आयोजनमा भएको माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे –४,लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुले हात पारेको छ । पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि उपाधि चुमेको छ । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।

    यता ५ स्वर्ण १ रजत र ३ कास्या पाप्त गरि माछापुच्छ्रे मा.वि दोस्रो भएको छ । बराह मा.विले ४ स्वर्ण ७ रजत २ कास्याका साथ तेस्रो स्थान पाप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार , ७ हजार ५ सय रुपया,साथमा ट्रफी पुरस्कार पाप्त गरेका छन् ।उक्त प्रतियोगितामा अन्तर मा.वि भलिबल छात्रा/छात्र ,कबड्डी छात्रा÷छात्र ,एथलेटिक्स दौड ट्रयाक १००,२००,४००,८००,१५०० र ३००० मि. साथै छात्रा/छत्रा ४ ×१०० मि.रिले, ४×४०० मि.रिले, छात्रा/छत्रा, हाइजम, लङजम्प , ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपास लगाएतका खेलहरु सम्पन्न गरेको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम ब. गुरुङले बताउनु भयो ।

    स्वास्थयका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर ६ गते देखि ८ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।

    सरकारले विद्यालयको खेलकुद प्रतिभाको खोजि गर्दै सम्बर्धन र प्रवद्रधन गर्ने लक्ष्य सहित देशको संधिय संरचना अनुसार स्थानीय,प्रदेश र सघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।

    गाउँपालिका अध्यक्ष मिन ब. गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षा यूवा तथा खेलकुद शाखा प्राविधिक साहायक विष्णु प्र. अधिकारीले गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं