News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    निराशालाई चिर्दै ओली सरकार विकास-निर्माणमा तल्लीन छ : महासचिव पोखरेल

    भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास-निर्माणका काममा तल्लीन रहेको बताएका छन् ।

    शनिबार एमाले सूर्यवनायक नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको दाबी गरे ।

    ‘एमालेको नेतृत्वमा सरकार भएपनि पनि एकल निर्णय र एजेण्डा बाकेर हिंड्न पाएको छैन, साझा एजेण्डामा सरकार सञ्चालन भइरहेको छ,’ उनले भने ।

    राजनीतिक स्थायित्व भएमा देशलाई समृद्धिको मार्गमा डोर्‍याउन धेरै समय नलाग्ने उल्लेख गर्दै उनले भने, ‘राज्य र जनता मिलेर देश बनाउनुपर्छ ।’

    लाेक कल्याणकारी

    प्रतिक्रिया