SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/२८ गते
    २०६ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत। युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले स्थापित जेसीजले महान चाडको रुपमा मनाउदै आएको जेसीज सप्ताह अन्तर्गत पर्वत जेसीजको आयोजनामा भएको तेस्रो दिनको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजक पर्वत जेसीजलाई पराजित गरेको छ । सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकामा भएको प्रतियोगितामा निर्धारित ५० मिनेटको समयमा दुवै समूहबाट ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा पत्रकार महासंघको टोली ५-४ गोल ले बिजयी भयो। पत्रकार महासङ्घ बाट पाँच वटै प्रहारलाई जालीमा चुमाउन सक्यो भने जेसीजको तर्फबाट प्रहार भएका चार बाट मात्र गोल  भए भने एकजनाको प्रहार पत्रकार महासङ्घको गोलकिपरले रोकिदिए ।

    खेल सुरु भएको चौथो मिनेटमा नै पत्रकारको टोलीले पहिलो गोल गर्दै अग्रता लिएको थियो तर आठौँ मिनेटमा नै जेसीजको टोलीले गोल गर्दै पहिलो हापको खेल बराबरीमा पुग्यो । दोश्रो हापको २९ औँ मिनेटमा पत्रकारको टोलीले पुन गोल थप्दा लगत्तै ३० औँ मिनेटमा जेसीजको टोलीले पनि गोल थप्दै खेललाई बराबरीमा लगेको थियो । खेलको ४७ औँ मिनेटमा जेसीजले पुनः एक गोल गर्दै टोलीलाई ३-२ गोलको अग्रता दिलाएको थियो तर त्यो खुसि धेरै बेर टिक्न सकेन र ४९ औँ मिनेटमा त्यसको जवाफमा महासंघको टोलीले पनि तेस्रो गोल गर्दै खेल बराबरीमा लगेपछि खेल ३-३ गोलको बराबरीमा पुगेको थियो ।

    निकै रोमान्चक खेलको सुरुवाती चरणमा महासंघको टोलीले जेसीजको टोलीलाई दबाबमा राखेको भए पनि त्यो लय कायम हुन नसक्दा पत्रकारको टोलीले जवाफी गोल खानु परेको हो । विजेता बनेको पत्रकार महासंघ पर्वतको टोलीलाई सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकाका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले ट्रफी र मेडलले सम्मान गर्नुभएको थियो।

    उक्त मैत्रीपूर्ण फुटबल खेलको संयोजन जेसी अर्जुनराज पुरीले गर्नुभएको थियो भने कार्यक्रम संचालन पर्वत जेसीजका महासचिव अमृतप्रसाद पोख्रेलले गर्नुभएको थियो साथै राष्ट्र निर्माणका अभियन्ता एवं परिवर्तनका संवाहक युवाहरूमा रहेको जोस जाँगरलाई विधिको शासन, आर्थिक न्याय, विश्व बन्धुत्व र मानवताको सेवामा समाहित गराउन जेसीजले विभिन्न कामहरू गर्दै आइरहेको जानकारी पर्वत जेसीजका अध्यक्ष मिलन पौडेलले हाम्रो सूचनाकेन्द्र डट कम लाई बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं