
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
गोबिन्द,पर्बत। युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले स्थापित जेसीजले महान चाडको रुपमा मनाउदै आएको जेसीज सप्ताह अन्तर्गत पर्वत जेसीजको आयोजनामा भएको तेस्रो दिनको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजक पर्वत जेसीजलाई पराजित गरेको छ । सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकामा भएको प्रतियोगितामा निर्धारित ५० मिनेटको समयमा दुवै समूहबाट ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा पत्रकार महासंघको टोली ५-४ गोल ले बिजयी भयो। पत्रकार महासङ्घ बाट पाँच वटै प्रहारलाई जालीमा चुमाउन सक्यो भने जेसीजको तर्फबाट प्रहार भएका चार बाट मात्र गोल भए भने एकजनाको प्रहार पत्रकार महासङ्घको गोलकिपरले रोकिदिए ।

खेल सुरु भएको चौथो मिनेटमा नै पत्रकारको टोलीले पहिलो गोल गर्दै अग्रता लिएको थियो तर आठौँ मिनेटमा नै जेसीजको टोलीले गोल गर्दै पहिलो हापको खेल बराबरीमा पुग्यो । दोश्रो हापको २९ औँ मिनेटमा पत्रकारको टोलीले पुन गोल थप्दा लगत्तै ३० औँ मिनेटमा जेसीजको टोलीले पनि गोल थप्दै खेललाई बराबरीमा लगेको थियो । खेलको ४७ औँ मिनेटमा जेसीजले पुनः एक गोल गर्दै टोलीलाई ३-२ गोलको अग्रता दिलाएको थियो तर त्यो खुसि धेरै बेर टिक्न सकेन र ४९ औँ मिनेटमा त्यसको जवाफमा महासंघको टोलीले पनि तेस्रो गोल गर्दै खेल बराबरीमा लगेपछि खेल ३-३ गोलको बराबरीमा पुगेको थियो ।

निकै रोमान्चक खेलको सुरुवाती चरणमा महासंघको टोलीले जेसीजको टोलीलाई दबाबमा राखेको भए पनि त्यो लय कायम हुन नसक्दा पत्रकारको टोलीले जवाफी गोल खानु परेको हो । विजेता बनेको पत्रकार महासंघ पर्वतको टोलीलाई सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकाका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले ट्रफी र मेडलले सम्मान गर्नुभएको थियो।

उक्त मैत्रीपूर्ण फुटबल खेलको संयोजन जेसी अर्जुनराज पुरीले गर्नुभएको थियो भने कार्यक्रम संचालन पर्वत जेसीजका महासचिव अमृतप्रसाद पोख्रेलले गर्नुभएको थियो साथै राष्ट्र निर्माणका अभियन्ता एवं परिवर्तनका संवाहक युवाहरूमा रहेको जोस जाँगरलाई विधिको शासन, आर्थिक न्याय, विश्व बन्धुत्व र मानवताको सेवामा समाहित गराउन जेसीजले विभिन्न कामहरू गर्दै आइरहेको जानकारी पर्वत जेसीजका अध्यक्ष मिलन पौडेलले हाम्रो सूचनाकेन्द्र डट कम लाई बताउनु भयो ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया