SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/१२ गते
    १८२ &#२३४६;&#२३३५;&#२३२५;

    बागलुङ । बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको सदस्य भएको छ । चिनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको हो । बैठकमा सहभागी हुनका लागि चिन पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले युसिएलजी सदस्यताको प्रमाणपत्र लिएका छन ।

    सदस्य बने सँगै युसिएलजी सँग समन्वय र सहकार्य गरी नगरपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गरिने नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । नेपालको तर्फबाट यस अगाडी नगरपालिका महासंघ गाउँपालिका महासंघ, धुलिखेल नगरपालिका लगायतका केही स्थानिय तह सदस्य बनिसकेका छन भने यस वर्ष गण्डकी प्रदेशका तनहुँको व्यास नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाले पनि सदस्यता प्राप्त गरेका छन ।

    नगरपालिकामा लैगिंक समानता, सामाजिक समावेशिकरण र क्षमता अभिबृद्धिका कार्यक्रम संचालनका युसिएलजी सँग सहकार्यका लागि प्रस्तावना पेश गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले जानकरी दिए । नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिबृद्धिका लागि सहकार्य गर्ने जनाएको छ ।

    सदस्यता प्राप्त गरे सँगै बागलुङ नगरपालिकालाई एसिया क्षेत्रमा जोड्ने काम भएको छ भने विभिन्न राष्टका स्थानिय तह सँग पनि समन्वय र सहकार्य हुने छ । युसिएलजी संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानिय सरकारहरू सदस्यका रूपमा रहेका छन् । संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त संस्थाका रुपमा रहेको दक्षिण पूर्वी एसिया र एसिया प्रान्त क्षेत्रका स्थानीय सरकार सम्मिलित सबैभन्दा ठूलो सञ्जाल हो। यसको प्रधान कार्यालय इण्डोनेसियाको जाकार्तामा छ। स्पाकलाई स्थानीय सरकारहरुको ऐक्यबद्ध आवाजका रुपमा लिने गरिन्छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं