
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख रञ्जना के.सिले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार कम्पनीले महानगर क्षेत्रका कृषकहरूले उत्पादन गरेको स्थानीय रैथाने धान बाली जेठोबुढो खरिद समितिले तोकेको खरिद मूल्यमा खरिद गर्नेछ। यसका लागि महानगरपालिकाले वास्तविक कृषक पहिचान र खरिद समितिले तोकेको परिमाणमा धान खरिद गर्न कृषकहरूलाई कुपन उपलब्ध गराउनेछ। २०८२ आषाढ मसान्त सम्मका लागि गरिएको यो सम्झौता मुताबिक तत्काललाई स्थानीय रैथाने धान बाली जेठोबुढोको खरिद हुनेछ, भने आवश्यकता अनुसार अन्य रैथाने उत्पादनहरूको समेत खरिद गर्न सकिनेमा दुवै पक्षहरू सहमत छन्।
कृषकहरूले आफ्नो खेतमा उत्पादन भएको धान महानगरपालिकाले तोकेको स्थान वा कम्पनीको बिरौटा र पृथ्वीचोकमा रहेको गोदामसम्म आफैले ढुवानी गर्नुपर्नेछ। सम्झौताले कृषकहरूको उत्पादनको बजारीकरण सुनिश्चित भएको नगर प्रमुख आचार्यले बताउनुभयो। ‘कृषकहरूले उत्पादन गरेको धान बजारमा नबिक्ने हो की, भन्ने चिन्ताको यसले अन्त्य गरिदिएको छ, नगर प्रमुख आचार्यले भन्नुभयो, महानगर क्षेत्रमा उत्पादित रैथाने धान बाली जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत देशभरिका नागरिकहरूको चुलोमा पुग्ने अवस्था सुनिश्चित भएको छ।’ यसअघि महानगरपालिकाले जेठोबुढो धानलाई पोखराको पहिचानको रूपमा ब्राण्डिङ् गरी समर्थन मूल्य समेत तोकेर बजारीकरण गरिसकेको थियो।
जेठोबुढो सहित अन्य ३५ प्रकारका कृषि उपजहरूको पनि समर्थन मूल्य तोकेर महानगरपालिकाले कृषकहरूका लागि न्यूनतम मुनाफा समेतको मूल्य सुनिश्चित गरेको छ। स्थानीय उत्पादन प्रवर्द्धन अभियान अन्तरगत कृषि उपजहरूको ब्राण्डिङ तथा बजारीकरण र रैथाने हाटबजार पनि सञ्चालन सञ्चालन गरिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताउनुभयो।
उहाँका अनुसार पोखरा महानगर क्षेत्रको करिब ४ हजार हेक्टर क्षेत्रफलमा जेठोबुढो लगाइएको छ भने, करिब १४ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ।महानगरपालिकाले तोकेको समर्थन मुल्यका आधारमा जेठोबुढो धान प्रतिक्विन्टल रु.९ हजार ५ सय र नेपाल खाद्य संस्थानले भने रु.११ हजार प्रतिक्विन्टलमा खरिद गर्दै आइरहेको छ। जेठोबुढो धानको स्वाद नै अन्य धानको भन्दा धेरै स्वादिलो हुने, उत्पादनको समय अन्य धानको भन्दा तुलनात्मक बढी लाग्ने, धान उत्पादन आधा कम हुने लगायत कारणले उत्पादन लागत नै बढी पर्ने भएकाले यस प्रजातिको धानको मूल्य बढी पर्न गएको कडरियाले बताउनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया