SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/८ गते
    १८१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख रञ्जना के.सिले हस्ताक्षर गर्नुभएको हो।

    सम्झौता अनुसार कम्पनीले महानगर क्षेत्रका कृषकहरूले उत्पादन गरेको स्थानीय रैथाने धान बाली जेठोबुढो खरिद समितिले तोकेको खरिद मूल्यमा खरिद गर्नेछ। यसका लागि महानगरपालिकाले वास्तविक कृषक पहिचान र खरिद समितिले तोकेको परिमाणमा धान खरिद गर्न कृषकहरूलाई कुपन उपलब्ध गराउनेछ। २०८२ आषाढ मसान्त सम्मका लागि गरिएको यो सम्झौता मुताबिक तत्काललाई स्थानीय रैथाने धान बाली जेठोबुढोको खरिद हुनेछ, भने आवश्यकता अनुसार अन्य रैथाने उत्पादनहरूको समेत खरिद गर्न सकिनेमा दुवै पक्षहरू सहमत छन्।

    कृषकहरूले आफ्नो खेतमा उत्पादन भएको धान महानगरपालिकाले तोकेको स्थान वा कम्पनीको बिरौटा र पृथ्वीचोकमा रहेको गोदामसम्म आफैले ढुवानी गर्नुपर्नेछ। सम्झौताले कृषकहरूको उत्पादनको बजारीकरण सुनिश्चित भएको नगर प्रमुख आचार्यले बताउनुभयो। ‘कृषकहरूले उत्पादन गरेको धान बजारमा नबिक्ने हो की, भन्ने चिन्ताको यसले अन्त्य गरिदिएको छ, नगर प्रमुख आचार्यले भन्नुभयो, महानगर क्षेत्रमा उत्पादित रैथाने धान बाली जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत देशभरिका नागरिकहरूको चुलोमा पुग्ने अवस्था सुनिश्चित भएको छ।’ यसअघि महानगरपालिकाले जेठोबुढो धानलाई पोखराको पहिचानको रूपमा ब्राण्डिङ् गरी समर्थन मूल्य समेत तोकेर बजारीकरण गरिसकेको थियो।

    जेठोबुढो सहित अन्य ३५ प्रकारका कृषि उपजहरूको पनि समर्थन मूल्य तोकेर महानगरपालिकाले कृषकहरूका लागि न्यूनतम मुनाफा समेतको मूल्य सुनिश्चित गरेको छ। स्थानीय उत्पादन प्रवर्द्धन अभियान अन्तरगत कृषि उपजहरूको ब्राण्डिङ तथा बजारीकरण र रैथाने हाटबजार पनि सञ्चालन सञ्चालन गरिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताउनुभयो।

    उहाँका अनुसार पोखरा महानगर क्षेत्रको करिब ४ हजार हेक्टर क्षेत्रफलमा जेठोबुढो लगाइएको छ भने, करिब १४ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ।महानगरपालिकाले तोकेको समर्थन मुल्यका आधारमा जेठोबुढो धान प्रतिक्विन्टल रु.९ हजार ५ सय र नेपाल खाद्य संस्थानले भने रु.११ हजार प्रतिक्विन्टलमा खरिद गर्दै आइरहेको छ। जेठोबुढो धानको स्वाद नै अन्य धानको भन्दा धेरै स्वादिलो हुने, उत्पादनको समय अन्य धानको भन्दा तुलनात्मक बढी लाग्ने, धान उत्पादन आधा कम हुने लगायत कारणले उत्पादन लागत नै बढी पर्ने भएकाले यस प्रजातिको धानको मूल्य बढी पर्न गएको कडरियाले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं