SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१४ गते
    २५२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीलाई सात बुँदे माग बुझाएको छ । सोमबार मन्त्रालयको प्राङ्गणमा भएको भेटमा टोलीले मन्त्री केसीलाई अपाङ्गता भएका व्यक्तिको हकमा गरिनुपर्ने कामबारे विभिन्न सात वटा माग राखेको हो ।

    https://youtu.be/GIWL8V2f_io?si=U7esod_fQlAIAsIL

    प्रदेशभित्र निर्माण हुने भौतिक संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ अनुरुप निर्माण हुनुपर्ने, अतिआवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय पहुँचयुक्त हुनुपर्ने, नगर तथा प्रदेशस्तरमा पहुँचयुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने, फुटपाथ, सडकपेटी, जेब्रा क्रसिबजस्ता संरचना अपाङ्गमैत्री बनाउनुपर्ने, सरकारी संरचनाको पहुँच युक्तता परीक्षण गरी सुझावअनुसार पहुँचयुक्त बनाउन, बहिरा अपाङ्गता भइकालाई लाइसेन्सप्रदान गर्न प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ मा आवश्यक संशोधन गर्न ऐनलाई अपाङ्गमैत्री र समावेशी बनाउन, इन्जिनियर तथा कर्मचारीलाई अपाङ्गतासम्बन्धी बनेका नीति, ऐनबारे अभिमुखिकरण गराउन माग गरिएको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=U7esod_fQlAIAsIL

    नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन, २०७४ र प्रादेशिक नीतिमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई अवरोधमुक्त वातावरण बनाउने भनिएपनि हुन नसकेको उपाध्यक्ष अञ्जना केसीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । महासंघको सचिवालय सदस्य हेम गुरुबले २०६९ सालमा पहुँचयुक्त भौतिक संरचना तथा सेवा निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत भएको तर कार्यान्वयन फितलो रहेको गुनासो गरे ।

    उनले गण्डकी प्रदेशलाई अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँच युक्तता तथा समावेशिता स्थापित गर्न पहल गर्न आग्रह गरे । पत्र बुझेपछि मन्त्री केसीले आफ्नो कार्यकालमा अपाङ्गता भएकाहरुका लागि बनेका नियम–कानुन कार्यान्वयन गर्न, नयाँ बनाउने क्रममा विशेष ध्यान दिने बताए । उनले हाल रहेका सरकारी भवन धेरै पुराना रहेकाले अपाङ्गमैत्री बन्न नसकेकोमा दुःख व्यक्त गरे ।

    हाम्रा कार्यालयहरु पुराना र पहिल्यै बनेका छन् । म आफैं तपाईंहरुसँग कार्यकक्षमा नभई यहीँ भेटेँ,’ मन्त्री केसीले भने, बनिसकेका
    भवनमा केही गर्न सकिने अवस्था रहेछ भने पनि बु झ् छु । अब बन्ने भवनलाई अपाङ्गमैत्री बनाउन ध्यान रहने छ ।’ मन्त्री केसीले अपाङ्गता
    भएका व्यक्तिहरुको क्षेत्रमा आफ्नो मन्त्रालयले गर्ने काम गर्दा आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं