News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    ४ वटा बस झ्याप्लेखोला पहिरोमा पुरिएको पुष्टि, हालसम्म ३० जनाको शव निकालियो, आफन्तहरु घटनास्थलमा

    काठमाडौं । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका ४ वटा बसबाट आज थप १६ वटा शव भेटिएका छन्। यसअघि हिजो शनिबार १४ जनाको शव निकालिएको थियो।

    योसहति झ्याप्ले खोला पहिरोमा परेर हालसम्म ३० जनाको ज्यान गएको छ । थप शवहरु खोज्नेक्रम जारी रहेको प्रहरीले जनाएको छ  गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेका उनीहरूले सनाखतका लागि नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् ।

    अहिलेसम्म पुरिएका गाडीहरूबाट ३० जनाको शव संकलन भएको प्रहरीले जनाएको छ । शनिबार र आइतबार गरी उक्त सङ्ख्यामा शव फेला परेको हो । झ्याप्ले खोलामा भेटिएको सबै शव त्रिवि शिक्षण अस्पताल ल्याइने प्रहरीले जनाएको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया