SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१२ गते
    २२७ &#२३४६;&#२३३५;&#२३२५;

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले केही दिनदेखि भइरहेको वर्षाले नदीको सतह क्रम बढ्दै गइरहेकाले ‘हाईअलर्ट’मा रहन नारायणी, राप्ती र नदी क्षेत्रमा बसोबास गर्ने महानगरवासीलाई आग्रह गर्नुभएको छ ।

    वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख दाहालले सम्बन्धित वडा कार्यालयहरूमार्फत बसोबास, खानपिन तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको बताउनुभएको छ ।

    https://youtu.be/qYmb5HdkPhM?si=AaD5drWz0BLXWvhg

    शनिबार विहान भरतपुर महानगरका तटिय क्षेत्रमा पर्ने वडाहरुको निरीक्षण पश्चात प्रमुख दाहालको अध्यक्षतामा जिल्लास्थित सुरक्षा प्रमुख तथा सरोकारवालाको बैठक बसी आपतकालिन उद्धार तथा राहतका लागि उपसचिव उपेन्द्रराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय सूचना संकलन तथा उद्धार सेल गठन गरिएको छ ।

    https://youtu.be/qYmb5HdkPhM?si=AaD5drWz0BLXWvhg

    अविरल वर्षाको कारण महानगरपालिकाको नारायणी र राप्ती नदीका तटीय वडाहरु (वडा नं. १,३,१३,१६,१७,२६,२७,२८ र २९) मा १३५ घरका १२१ जना मानिस र २४ वटा पशु चौपायको सकुशल उद्धार गरिएको जनाएको छ ।

    https://youtu.be/qYmb5HdkPhM?si=AaD5drWz0BLXWvhg

    वर्षाले मानव वस्तीमा क्षति पुग्नसक्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बसोबास गर्नुहुन र तत्काल उद्धार गर्न परेमा नजिकको प्रहरी चौकी वा जनप्रतिनिधि वा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    साथै विपद्बाट प्रभावितहरूलाई घुम्ती स्वास्थ्य टोलीमार्फत निःशुल्क स्वास्थ्य सेवा, शारीरिकरूपमा असक्त रहेका, सुत्केरी, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने महानगरले जनाएको छ । स्वास्थ्य सेवाको लागि जनस्वास्थ्य प्रमुख दीपक सुवेदी मोबाईल नम्बर ९८४४२१०८५९, एम्बुलेन्स सेवाका लागि जगतपुर स्वास्थ्य चौकी ९८४४९६७२८८, भरतपुर स्वास्थ्य चौकी ९८४५६५००० र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र ९८४५०५११२७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं