
१विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
५पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
६मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
७वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
८विद्यालयलाई शैक्षिक सामग्री सहयोग
९जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१०कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पोखरा । इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिका, बाग्लुङका मेयर समेत हुन् ।
सहकारीको समस्या सिर्जना भइसकेपछि पनि बचत रकम फिर्ता गर्ने सहमति गरेर २०८० जेठ ५ गते मेयर नेपाली एकाएक फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गरेको थियो भने १२ माघ ०८० मा रेड नोटिस समेत जारी भएको थियो ।
देवकुमारले भने आफ्नो घरजग्गाबाट बचत रकम फिर्ता गर्ने भन्दै भिडियो सन्देश तथन विज्ञप्ति जारी गरिरहे । सहकारीको रकम आफूले घरजग्गामा लगाएको र त्यो बेचेर फिर्ता गर्ने दाबी छ । बागलुङ र पोखराका सहकारी पीडित संघर्ष समितिका पदाधिकारीसँग पनि कानुनी सल्लाहकारमार्फत सम्वाद गरेका थिए ।
सहकारीको कम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समिति बनाएपनि हुलाकबाट पत्र पठाउँदै आफू बचत रकम फिर्ता गर्न तयार रहेको दाबी गरेका थिए ।
भारतमा पक्राउ परेका देवकुमारलाई नेपाल ल्याउने पक्रिया चलिरहेको प्रहरीले जनाएको छ । यससँगै आफूहरुको समस्या समाधान हुनसक्ने आश जाथगेको इमेज सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्की बताउँछन् ।
सूर्यदर्शनको अध्यक्ष नपाएपछि खोलेका थिए इमेज
अस्वभाविक आर्थिक छलाङ मारेका देवकुमार, कुनै समय सूर्य दर्शन लगायतका सहकारीको रकम अपचालनमा संलग्न गितेन्द्रबाबु (जीबी) राईको समूहमा थिए । उनी पोखरामा सूयदर्शन सहकारी खोल्नेताका जीबीसँग जोडिएका थिए ।
सूर्यदर्शन सहकारीको उपाध्यक्ष भए । संसदीय समितिको प्रतिवेदनअनुसार देवकुमार नेपालीसहित मेखबहादुर विक, विकास श्रेष्ठ र कल्पना पहारीले २०६७ मा शेयर लिए । त्यसपछि देवकुमार सूर्यदर्शन सहकारीको उपाध्यक्ष बने । उनी अध्यक्ष बन्न चाहन्थे, तर लगातार तीन वटा बैठक बस्दा नबस्दै विवाद उत्पन्न भयो ।
ज्ञानबहादुर बम्जन र जीबी राईले २० करोड रुपैयाँ हिनामिना गरेर काठमाडौं पठाइएको नेपालीको दाबी थियो । उनीहरुले सहकारी डिभिजन कार्यालयमा उजुरी समेत दिएका थिए । प्रतिवेदनअनुसार नेपालीको मुख्य उद्देश्य सूर्यदर्शन अध्यक्ष बन्नु थियो । तर जीबीले नदिएपछि देवकुमारले सूर्यदर्शनकै कर्मचारी दीपक पौडेलको साथ लिएर २०६८ सालमा पोखरामा इमेज सहकारी खोले ।
पोखरासँगै २०६९ सालमा बाग्लुङमा सहकारी खोलेका थिए । नेपालीले पोखरामा चित्रबहादुर भण्डारीलाई अध्यक्ष बनाएका थिए भने बागलुङमा आफैं अध्यक्ष र छोरा सुनीललाई सचिव बनेका थिए । सूर्यदर्शनकै शैलीमा सार्वसाधारणको बचत कुनै कागजातबिनै व्यक्तिगत स्वार्थमा लगाउने काम देवकुमारले गरे ।
पोखरा महानगरको सहकारी शाखाका अनुसार उनले पोखरामा सञ्चालक समिति नै फर्जी बनाएका थिए । पोखराको इमेजबाट ६० करोड र बागलुङबाट झण्डै २ अर्ब रुपैयाँ सार्वसाधारणको बचत अपचलन भएको अध्ययनले देखाएको छ ।देवकुमारले सुरुमा महंगो ब्याज दिने भन्दै पोखराका बचतकर्तालाई आकर्षित गरेका थिए । नेपालीले तिब्बतीयन छेलासँग बिहे गरेपछि त्यो सम्बन्ध प्रयोग गरेर पनि पोखराको इमेज सहकारीमा धेरै रकम भित्राएका थिए ।
आर्थिक हिसाबले सबैको नजरमा सम्पन्न देखिएकाले पनि बागलुङ बजार, बुर्तिबाङमा धेरै जना जोडिए । ‘सामान्य परिवारमा जन्मिएका देवकुमार एकाएक हेलिकप्टरमा आउन थाले । गाउँमा केही प¥यो भने पैसा बाँड्ने, युवाहरुलाई सहयोग गर्ने गर्न थाले, बुर्तिबाङ दरबार टठ्याए,’ बुर्तिबाङका स्थायीवासी डिबी भण्डारीले भने ।
स्थानीयका अनुसार बुर्तिबाका थुप्रैले लालपूर्जा धितो राखेर कृषि विकास बैंकबाट ऋण लिएका थिए । डा. बाबुराम भट्टराई सरकारले कृषि बैंकको ऋण मिहाना गरिदिएपछि देवकुमार आफैंले लगेर लालपूर्जा फिर्ता गरेका थिए ।
बागलुङ बुर्तिबाङमा सामान्य परिवारमा जन्मिएका नेपालीको अस्वभाविक धनाड्यका रुपमा उदय भयो । उनले बागलुङ बजार, बुर्तिबाङ बजार र पोखरामासमेत कर्मा भवनका नाममा अलिसान महल बनाएर त्यसैमा सहकारी चलाएका थिए । उनको बुर्तिबाङमा दरबार होटल, कर्मा भवन, चाइनिज इटाले बनाएका करिब ७ वटा घरसहित अग्ला पर्खालले घेरिएको आवासमा बस्ने गर्थे ।
२०७४ को स्थानीय निर्वाचनमा उनी माओवादीबाट मेयर लड्न चाहन्थे, तर टिकट नपाएपछि एकाएक एमाले प्रवेश गरेर चुनाव जिते । रातारात माओवादी छोडेर एमालेबाट टिकट पाएपछि उनी मनोनयन दर्ता गर्न हेलिकप्टरबाट गएका थिए । मेयर भएपछि त उनलाई विश्वास नगर्ने कोही भएन ।हेलिकप्टरमा हिँड्ने, आफ्नै घरको छत ल्याण्ड गर्ने देखेका नागरिकले सहकारी डुब्ला भन्ने कल्पना नै नगरेको पीडित संघर्ष समिति पोखराका हरिबहादुर खत्री बताउँछन् ।
देवकुमारले २०७९ मा फेरि एमालेबाटै मेयर जिते । त्यतिबेला सहकारी समस्यामा परेको गाइँगुईँ चल्न थालिसकेको थियो । २०८० जेठमा त उनी फरार भए ।उनलाई चिन्नेहरु भने देवकुमारको महत्वकांक्षाले नै सहकारी डुब्ने अवस्थामा पुगेको बताउँछन् । सहकारीको पैसा जुन बेला मन लाग्यो, त्यही बेला अभिलेख समेत नराखी लैजान्थे । मेयर भएपछि त प्रमुख अतिथि भएको कार्यक्रममा ४÷५ लाख रुपैयाँसमेत बाँड्नु उनका लागि सामान्य जस्तै बनेको थियो ।
देवकुमार र व्यवस्थापक दीपक पौडेल मिलेर फर्जी खाता बनाउने र त्यसैबाट कारोबार गर्ने, जुनसुकै बेला मनपरी पैसा निकाल्ने र व्यक्तिगत घरजग्गा र व्यवसायमा प्रयोग गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया