SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१० गते
    २९३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । ठगी र जबर्जस्ती करणी सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना नेपाली दुबईबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा ठगी मुद्दामा फरार रहेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । त्यस्तै जबर्जस्ती करणी मुद्दामा फरार रहेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २६ वर्षीय रोमन कार्की पनि पक्राउ परेका छन् ।

    पक्राउ परेकामध्ये भुपेन्द्र बोहरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोधमा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न इन्टरपोल महासचिवालयले १६ जेठ २०७९ मा रेड नोटिस जारी भएको थियो ।

    https://youtu.be/qYmb5HdkPhM?si=w29_IqyrZLIoq8up

    यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २४ साउन २०७९ मा कबिर बुढाथोकी र १२ असार २०८१ मा रोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

    भुपेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं