
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार महिलाका निम्ति पुरस्कार स्थापना गरेको छ । पोखराका वरिष्ठ उद्योगपति, समाजसेवी एवं पूर्व मन्त्री हरि पाण्डेले उक्त पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् ।
महासंघ कास्की शाखाले संचालन गर्ने गरी मातृसेवा प्रतिष्ठान नेपालले ‘डा. शान्ति स्मृति महिला पत्रकारिता पुरस्कार’ कास्कीमा क्रियाशील पत्रकार महिलालाई वितरण गरिनेछ । यसबारे पत्रकार महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले निर्णय गरेको हो । पुरस्कार स्थापनबारे छिट्टै एक कार्यक्रम गरी घोषणा गरिने जनाइएको छ ।
https://youtu.be/Aad2p2BJ8hA?si=oGFyjO6I8bGD-JwJ
हरि पाण्डे र उनकी धर्मपत्नी तुलसा पाण्डेकी साहिली सुपुत्री डा. शान्तिको २०६१ सालमा पोखरामा स्कुटर दुर्घटनामा मृत्यु भएको थियो । पाण्डे दम्पतीको आफ्नी छोरीको स्मृतिमा प्राविधिक विषयमा उच्च शिक्षा पढ्न महिलाका लागि विभिन्न छात्रवृत्ति समेत वितरण गर्दै आएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=0Wo_rLQVnKaVkV_l
महासंघ कास्की अध्यक्ष विमला भण्डारी नेतृत्वको टिमले पुरस्कार स्थापनाका लागि पाण्डेसँग प्रस्ताव गरेको थियो । पत्रकार महासंघ कास्की शाखाले बर्सेनि वितरण गर्ने करिब एक दर्जन पुरस्कारमा महिलाका लागि मात्र भनेर यसअघि कुनै पनि पुरस्कार थिएनन् । मिडिया क्षेत्रमा पत्रकार महिलाको संख्या कम्ती रहेको र यस क्षेत्रमा उनीहरुलाई टिकाइराख्न पुरस्कारले प्रोत्साहन मिल्ने अध्यक्ष भण्डारीले बताइन् । आफ्नो कार्यकाल समाप्ति हुँदै गर्दा कम्तीमा पत्रकार महिलाका लागि पुरस्कार स्थापना हुनु गर्वको विषय भएको उनको भनाइ छ ।
हाल ५ लाख बराबरको अक्षयकोष स्थापना गरी हरेक वर्ष २५ हजार ५ सय ५५ रुपैयाँ राशिको पुरस्कार वितरण गरिने महासंघ कास्कीले जनाएको छ । कास्की जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकार महासंघको सदस्य प्राप्त गरेको कम्तीमा १० वर्ष वा पत्रकारिता पेसामा १२ वर्षसम्म क्रियाशील पत्रकार महिलाले यो पुरस्कार प्राप्त गर्ने छन् । जसमा पत्रकारिता माध्यमबाट महिला सशक्तीकरण र स्वास्थ्य क्षेत्रमा योगदान गरेको व्यक्तिलाई योग्य ठानिने प्रारम्भिक कार्यविधि छ ।
उक्त पुरस्कार महासंघ स्थापना दिवस १६ चैत वा शान्ति पाण्डेको स्मृति दिवसमा एक समारोह आयोजना गरी वितरण गरिनेछ ।
महासंघ कास्कीले वितरण गर्ने जगन्नाथ सिग्देल युवा पत्रकारिका पुरस्कारको अक्षयकोष राशिमा ५ लाख रकम थप गर्ने निर्णय भएको छ । यसअघि ५ लाख रुपैयाँ रहेकोमा बढेर १० लाख पुगेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया