
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । पोखरामा शुक्रबार देखि दुई दिने २० औ इन्द्र बहादुर गुरुङ मेमोरियल विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा शुक्रबार देखि पोखराको रंगशालामा रहेको ब्याटमिन्टन हलमा प्रतियोगिता सुरु भएको हो ।स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा कास्की जिल्लाका विभिन्न ४० वटा विद्यालयका १ सय ९५ विद्यार्थीहरुले सहभागिता जनाएको छ ।
https://youtu.be/qYmb5HdkPhM?si=1ypXblb_lzx-aASi
खेलको विकास तथा विस्तार गर्ने,स्कुलका विद्यार्थीहरुमा ब्याटमिन्टन खेल प्रति रुचि जगाउने,राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने लक्ष्यसहित उक्त प्रतियोगिता आयोजना गरिएको कास्की जिल्ला ब्याटमिन्टन संघका उपाध्यक्ष एंव प्रतियोगिता संयोजक विशाल खड्काले जानकारी दिए ।
कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको सहभागितामा छात्रा तथा छात्र गरि २ विधामा ९ क्याटागोरीमा स्पर्धा हुदैछ । खड्का अनुसार प्रतियोगितामा कक्षा १–५ सम्मका छात्र–छात्रा सिङ्गल, कक्षा ६– ८ सम्मका छात्र–छात्रा सिङ्गल, कक्षा ९–१० सम्मका छात्र–छात्रा सिङ्गल, कक्षा ११–१२ का छात्र–छात्रा सिङ्गल तथा कक्षा ११–१२ का छात्र डबल्स गरि ९ वटा क्याटागोरीमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले प्रतिायोगिताको उद्घाटन गरे ।
उनले विद्यालयस्तरिय प्रतियोगिताले विद्यार्थीहरुको बिचमा भाइचाराको विकास हुनुका साथै स्तरीय खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले ‘विद्यालयस्तरबाट सञ्चालन हुने प्रतियोगिताले नै उत्कृष्ट खेलाडी उत्पादन गर्ने थलो भएको बताए । उनले खेल क्षेत्रको विकास र विस्तारमा इन्द्रबहादुर गुरुङको योगदानको स्मरण गर्दै प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालनका लागि आगामी दिनमा साथ र सहयोग रहने प्रतिबद्धता समेत गरे ।
कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले प्रतियोगिताले विद्यार्थीहरुलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त हुने बताए । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुनेलाई ट्रफि,मेडल,प्रमाणपत्र र प्रोत्सहान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । शुक्रबार प्रिक्वाटर सम्मका खेलहरु सम्पन्न हुने प्राविधिक टोलीका ज्ञानेन्द्र भण्डारीले बताए ।
कास्की जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष शुशिल कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उद्धघाटन सत्रमा स्व.इन्द्र बहादुर गुरुङका श्रीमति जगदेश्वरी,छोरी कञ्चन गुरुङ लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विशाल खड्का र कार्यक्रम संचालन सचिव फणिन्द्र तिमिल्सनाले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया