
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा ।पोखराको गण्डकी मेडिकल कलेजले चार अर्ब लगानी थपेर भौतिक पूर्वाधारको क्षमता बढाउने भएको छ ।हाल ५५० शय्याको मेडिकल कलेजलाई बढाएर ७५० शय्या क्षमताको बनाउने योजना छ । यसबाट चिकित्सा शिक्षा अझै व्यवस्थित बन्ने गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरको विश्वास छ ।
पश्चिम नेपालमै मेडिकल शिक्षा र स्वास्थ्य सेवामा नेतृत्व गर्दै आइरहेको खुमा अर्याल नेतृत्वको समूहले पोखरामा गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर चलाइरहेको छ । यो समूहले पोखरा–९ नयाँबजारस्थित सञ्चय कोषको भाडाको भवनबाट पोखरा–२७ रिठ्ठेपानीमा मेडिकल कजेल र अस्पतालसहितका पूर्वाधार बिस्तार गर्न लागेको छ ।
गण्डकी मेडिकल कलेजको रिठ्ठेपानीमा बिस्तार हुन लागेको पूर्वाधारको अध्यक्ष खुमा अर्यालले विहीबार शिलान्यास गरेका छन् ।अहिले भइरहेको कलेजलाई सिटी अस्पतालको रुपमा सञ्चालन गरेर विशिष्टीकृत र थप सेवा थप्दै रिठ्ठेपानीमा अस्पताल निर्माण गर्ने गरी भवन शिलान्यास गरिएको हो ।
गण्डकी प्रदेश क्षेत्रकै स्वास्थ्य सेवालाई व्यवस्थित र सुलभ बनाउनका लागि रिठ्ठेपानीमा शैक्षिक भवन र अस्पतालको शिलान्यास गरिएको अध्यक्ष अर्यालले बताए ।
भैरहवामा युनिभर्सल कलेज अफ मेडिकल साइसेन्सको सेवा विस्तार गरेपछि अब गण्डकी मेडिकल कलेजको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा बिस्तारका लागि पूर्वाधार निर्माणमा जोड दिइएको अर्यालको भनाइ थियो ।स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई सुदृढ गराउन लागिएको उनले बताए । केही समयअघिमात्र नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर अस्पतालमा पनि आफूहरुको सहभागिता रहेको र समग्र पश्चिम नेपालको स्वास्थ्य सेवा सुरक्षित गर्न लागेको अर्यालको दाबी छ ।
रिठ्ठेपानीमा बन्ने अस्पतालको निर्माण दुई वर्षभित्र निर्माण सक्ने योजना अर्यालले सुनाए । अस्पतालदेखि नजिकै अर्को शैक्षिक भवन निर्माणको पनि शिलान्यास गरिएको छ ।२०६४ सालमा स्थापना भएको गण्डकी मेडिकल कलेजले स्वास्थ्य सेवासँगै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने काम पनि गर्दै आइरहेको छ । अहिलेसम्म कलेजमा ५ अर्ब लगानी भइसकेको दाबी व्यवस्थापनको छ ।
‘पोखरा–९ स्थित कलेजको अस्पताल सञ्चालन भइरहेकोमा जनघनत्व बढ्दै गएको तथा अस्पतालमा सेवाग्राहीको चापसमेत अत्याधिक बढ्दै गएकाले हाल सञ्चालनमा रहेको अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गरी कम्पनीको आफ्नै स्वामित्वमा रहेको रिठ्ठेपानीको जग्गामा बिडिएस, नर्सिङ तथा अन्य शैक्षिक कार्यक्रमहरु सञ्चालन भइरुहेको पुरानो भवनको स्थानमा करिब ४ लाख ५० हजार वर्गफितको विशिष्टीकृत ७ सय ५० बेडको अत्याधुनिक शिक्षण अस्पताल बनाउन लागेको हो,’ अध्यक्ष अर्यालले भने ।
गण्डकी मेडिकल कलेजबाट स्नातक (एमबिबिएस) बिडिएसतर्फ ६ सय ५९ र नर्सिङ तथा एलाइड साइसेन्सेजतर्फ २ सय २१ ज्ना, स्नातकोत्तरमा एमडी/एमएस तथा एमपिएचतर्फ गरी ५० जना जनशक्ति उत्पादन भइसकेका छन् ।नयाँ भवनबाट स्वास्थ्य शिक्षालाई अझै व्यवस्थित बनाउने कलेजका प्रमुख प्रशासकीय अधिकृत डा. रवीन्द्रप्रसाद श्रेष्ठले बताए । अहिले पनि मेडिकल शिक्षा प्रदान गर्ने कलेज सोही ठाउँमै छ ।
अहिले कलेजमा मेडिकल शिक्षासँगै ब्लड बैंक, अत्याधुनिक एमआरआई, सिटी स्क्यान, क्याथल्याबसहितको ह्दयरोग केन्द्रमार्फत विरामीको उपचार भइरहेको छ । पोखराको गण्डकी मेडिकल कलेजमा मुटुसँग सम्बन्धित क्याथल्याब सेवा सुरु भएपछि विरामी काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ । अस्पतालमा अत्याधिक चापका कारण २४ सै घन्टा सेवा पनि प्रदान गरिएको डायलाइसिस सेवालाई पनि व्यवस्थित गरिने डा. श्रेष्ठले बताए ।
‘पोखरामा क्यान्सरकै लागि भनेर छुट्टै अस्पताल छैन । हामीले क्यान्सरलाई उपचारलाई अझै फोकस गर्ने छौं । मिर्गौला प्रत्यारोपणका लागि पनि पूर्वाधार तयार पार्न लागिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत डा. श्रेष्ठले भने ।कलेजका डा. राम अधिकारीका अनुसार यो अस्पतालबाट बर्सेनि २ लाख बिरामीले उपचार सेवा पाएका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया