News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    १७६ नेपाली ब्राजिलमा अलपत्र,अवैध रुपमा अमेरिका जान हिँडेका हुनसक्ने

    काठमाडौं । अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पुर्‍याउने दूतावासले जनाएको छ ।मानव तस्करहरुको समूहले अवैध रुपमा अमेरिका प्रवेश गराउने भन्दै ब्राजिल लगायतका दक्षिण अमेरिकी देशहरु पुर्‍याउने गरेका छन ।

    पछिल्लो समय ब्राजिलले नेपाल लगायतका केही देशका राहदानी बाहकलाई प्रवेशाज्ञा लिएको भए मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ ।

    अब नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, त्यसरी नगएमा विमानस्थलबाट फर्काउनेछ । ‘विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइसकेको छ’, नेपाली दूतावासले भनेको छ ।

    साथै दूतावासले जायज कारण भए पुष्टि हुने कागजात र प्रवेशाज्ञा पदएर मात्र ब्राजिल आउन वा ब्राजिल भएर अरु अरु देशको भ्रमणमा जान अनुरोध समेत गरेको छ ।

    https://youtu.be/qYmb5HdkPhM?si=qjEjnc8OYrqOOdTZ

    लाेक कल्याणकारी

    प्रतिक्रिया